मन्त्री साम्डुप लेप्चाद्वारा वाहन दुर्घटनाग्रस्त स्थलको निरीक्षण

IMG-20250531-WA0303

मंगन: लाचेन, मंगन निर्वाचन क्षेत्रका विधायक एवं सिक्किम सरकारका सामाजिक कल्याण विभागीय मन्त्री साम्डुप लेप्चाले आज उत्तर सिक्किमको पैह्रोग्रस्त क्षेत्रको निरीक्षण गरे। विशेष गरेर मन्त्री लेप्चा चुङथाङ, ठेङ, टुङ र नागामा गएको पैह्रोको क्षयक्षतिबारे बुझ्ने प्रयास गरे। उल्लेखनीय छ, गत केही दिन अघिदेखि निरन्तर परेको पानीले मंगन जिल्लाको विभिन्न स्थानहरूमा व्यापकरूपमा क्षति पुऱ्याएको छ। यस क्रममा उनले २९ मईको राति पर्यटकहरू बोकेको गान्तोक फर्किरहेको वाहन दुर्घटनाग्रस्त स्थलको पनि निरीक्षण गर्दै उद्धार कार्य अभियानबारे जानकारी लिए। यसपछि मन्त्रीले चुङथाङ ग्राम पञ्चायत यूनिटका जनतालाई लिएर एक सचेतना कार्यक्रमको पनि आयोजना गरे। जसमा उनले अविरल वर्षाको कारण हुन सक्ने क्षतिलाई लिएर सबैलाई सचेत बस्ने आग्रह गरे। उनले स्थानीयहरूलाई मनसुनको चुनौतीसित सामना गर्न तयार बस्नुपर्ने र आफ्नो सुरक्षा सुनिश्चित गर्न सशक्त हुनुपर्ने अवगत गराए। सोही क्रममा मन्त्री लेप्चाले सडक अवस्थाबारेमा छलफल गर्न ग्रेफका अधिकारीहरूसँग भेट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement