नाम्ची गर्ल्स स्कूलमा राष्ट्रिय विज्ञान दिवस पालन

IMG-20250531-WA0300

नाम्ची: विज्ञान सञ्चार कार्यक्रमको एक भागकोरूपमा, सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषद्कोले विज्ञान तथा प्रविधि विभागको संयुक्त पहलमा नाम्ची सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालयमा राष्ट्रिय विज्ञान दिवस २०२५ पालन गऱ्यो। विकसित भारतको लागि विज्ञान र नवप्रवर्तनमा विश्वव्यापी नेतृत्वको लागि युवालाई सशक्त बनाउने नारा राखेर कार्यक्रम आयोजन गरिएको हो। कार्यक्रममा नाम्ची सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालयका प्राचार्य मुख्य अतिथिकारूपमा उपस्थित थिए। यस अवसरमा स्रोतवक्ताकोरूपमा उपस्थित नाम्ची सरकारी महाविद्यालयका सहप्राध्यापक डा. कमल पौड्यालले कार्यक्रमको मूल वपिषयमाथि प्रकास पारेका थिए। उल्लेखित विषयमाथि प्रतियोगिता पनि आयोजन गरिएको थियो। जसमा विज्ञान र निवन्ध, चित्रकला आदि समावेश गरिएको थियो। कार्यक्रममा नाम्ची, सोरेङ र गेजिङ जिल्लाका विभिन्न विद्यालयबाट कूल १५० जना विद्यार्थीले अंशग्रहण गरेका थिए। विजयी विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरियो। विज्ञान विषयमा नाम्ची वरिष्ठ माध्यमिक विद्यालय प्रथम, नाम्ची कन्या वरिष्ठ माध्यमिक विद्यालय दोस्रो र न्यू लाइट सेकेण्डरी स्कूलले तेस्रो स्थान हासिल गर्न सफल बन्यो। सोही प्रकारले निवन्ध प्रतियोगितामा नाम्ची कन्या उच्चत्तर माध्यमिक विद्यालय प्रथम बन्यो भने न्यु लाइट सेकेण्डेरी स्कूल दोस्रो र क्योङसा उच्चत्तर माध्यमिक विद्यालयले तेस्रो स्थान ओगटन सफल भए। यसरी नै चित्रकला प्रतियोगितामा च्याखुङ वरिष्ठ माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गऱ्यो भने क्योङसा वरिष्ठ माध्यमिक विद्यालय दोस्रो र किताम वरिष्ठ माध्यमिक विद्यालय तेस्रो बन्न सफल भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement