गेजिङ: गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्र परिसरमा आज विश्व तम्बाकु निषेध दिवस पालन गरियो। यस अवसरमा गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी डेञ्जोङपाले धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवनविरुद्ध शपथग्रहण गराए। विश्व तम्बाकु निषेध दिवस विशेष गरेर विश्व स्वास्थ्य संगठनको नेतृत्वमा शुरू गरिएको एक अभियान हो, जसले सुर्तीजन्य पदार्थ प्रयोगको खतराहरूबारे जागरूकता जगाउँछ र यसको प्रयोग कम गर्न प्रभावकारी नीति तयार पार्छ। अभियानमा यस वर्षको नारा सुर्तीजन्य पदार्थ र निकोटिन उत्पादनहरूको उद्योग रणनीतिहरूको खुलासा गर्नु रहेको हो। आफ्नो सम्बोधनमा जिल्लापालले जिल्ला कार्यालय प्रमुखहरूलाई आ-आफ्नो कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने निर्देशन दिँदै आगामी २०२५ को स्वतन्त्रता दिवस समारोहको अवसरमा जिल्लाको सबैभन्दा सफा विभागलाई पुरस्कार प्रदान गर्ने आश्वासन दिए।