महामञ्जुश्री कपमा विल्सन, ग्रिनफिल्ड र चाँदबाग विजेता

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

काठमांण्डोंँ: विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन् l महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा नागर्जुन नगरपालिका वडा–५ मा सम्पन्न प्रतियोगितामा विल्सन सिनियर ब्वाइज, चाँदबाग गर्ल्स र ग्रिनफिल्ड जुनियर ब्वाइजमा च्याम्पियन भएका छन्। आयोजकको कोर्टमा सिनियर ब्वाइज फाइनल विल्सन एकेडेमीले टीआईएलाई १७–१४ स्कोरले हरायो। गर्ल्स फाइनलमा चाँदबागले त्रिज्योतिमाथि १०–८ स्कोरको जित पायो। जुनियर ब्वाइजमा ग्रिनफिल्डले फाइनलमा इडेन ब्रिजलाई १०–८ ले पन्छायो। ग्रिनफिल्डका रिधाम नगरकोटी, जुनियरमा विल्सनका अनुप मगर र गर्ल्समा चाँदबागकी अमलिका खड्का उत्कृष्ट खेलाडी भए।
प्रतियोगितामा प्लेयर प्ले अवार्ड सिनियर ब्वाइजमा माइलस्टोन, जुनियर ब्वाइजमा मनास्लु स्कुल र गर्ल्समा आर्या एकेडेमीले पाएको महामन्जुश्रीकी प्रशिक्षक शैलेश श्रेष्ठले बताए। प्रतियोगिताका विजेतालाई नागर्जुन नगरपालिका वडा–५ का अध्यक्ष महेश रिमाल, महामञ्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनी र भाइस प्रिन्सिपल हेमलता चाम्लिङलगायतले पुरस्कृत गरेका थिए। प्रिन्सिपल मरासिनीले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न र प्रतिभावान खेलाडीको पहिचान गर्न यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement