सिलगढी: डेगुबारे सर्वसाधरण मानिसहरूलाई सचेतन गराउने २७ नम्बर वार्ड कमिटीले पहल गरेको छ। हाल सिलगढी सहरमा डेङ्गुको प्रकोप बढ्दै गइरहेको छ भने डेगुले संक्रमित भएर एकजना व्यक्तिको मृत्यु समेत भइसकेको छ। सिलगढी नगरनिगमले डेङ्गुको रोकथामको लागि अतिरिक्त सेवाहरू शुरू गरेको छ। डेगुबारे साधरण मानिसहरूलाई जागरुक गराउनको लागि नगरनिगमका जनप्रतिनिधिहरूलाई सडकमा ओर्लिने मेयर गौतम देवले अपील गरेका छन्।










