खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको सिंगेल चियाबगानको कोठीधुरा गाउँमा २५ परिवारहरुलाई घरको छानाको लागि च्यादरहरु वितरण गरिएको छ। स्थानीय सार्वजनिक भवनमा शनिवार सन्त मेरिज ग्राम पञ्चायतको पञ्चायत प्रधान सहदेव तामाङको सहयोगमा २५ परिवारहरुलाई घरको छानाको लागि च्यादरहरु वितरण गरेका छन्। पञ्चायत प्रधानको तर्फबाट १७ परिवारहरुलाई उक्त च्यादर वितरण गरिने कार्यक्रम रहे अरु मानिसहरू पनि आएर प्रधानलाई बिन्ती चढाएपछि अझ ८ परिवारहरुलाई पनि जोडेर जम्मा २५ परिवारहरुलाई घरको छानाको लागि च्यादरहरु वितरण गरेका छन्। यस विषयमा जानकारी दिन्दै सन्त मेरिज दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान सहदेव तामाङ अनि पञ्चायत समिति सदस्य बिरेन्द्र तामाङले सन्त मेरिज ग्राम पञ्चायत दुईको सिंगेल चियाबारी अन्तर्गत कोठीधुरा गाउँमा २५ परिवारहरुलाई घरको छाना मरमत्तिको लागि च्यादरहरु वितरण गरिएको जानकारी गराएका छन्। उनले भने, ‘केही समय अघि यस क्षेत्रका मानिसहरुले पञ्चायत कार्यालयमा आएर दयनीय अवस्थामा रहेको घरहरु निरीक्षण गरिदिने अनुराेध गरेका थिए र हामी स्थानीय पञ्चायत सदस्यासित गएर घरहरु निरीक्षण गर्दा एकदमै दयनीय अवस्थामा रहेको देखेका थियौँ। यतिसम्म कि घरहरु चुहुने भएर भाँडा थाप्नु पर्ने अवस्था रहेको र ती घरहरुलाई पञ्चायतको तर्फबाट पोलिथिन वितरण गरिए पनि तेतिले मात्र नपुग्ने देखेर आज च्यादर वितरण गरिएको छ।’

पञ्चायत प्रधान सहदेव तामाङले यस क्षेत्रका २५ परिवारहरुलाई च्यादर वितरण गरिएको जसमा कसैले ७ वटा, कसैले ८ वटा र कसैले ९ वटा गरेर लगेको बताएका छन्। उनले अहिले पञ्चायतमा नयाँ घरहरु बनाउने कुनै स्किम नआएको र भविष्यमा पञ्चायतमा नयाँ घरहरु बनाउने योजना आएको खण्डमा सर्वप्रथम यहाँको घरहरु बनाउने योजना रहेको पनि बताएका छन्।