सोनादा: अजम्बरी सङ्घ सार्वजनिक भवन गुराँस डाँडा ४६० पूल रंगबुलमा यस वर्ष २०२५ को माध्यमिक,उच्च माध्यमिक, आईसीएसई, आईएससी का विद्यार्थीहरूलाई सम्बर्ध्दना कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम संघको सभापति रूपेश छेत्रीको अध्यक्षतामा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमलाई शेरेप छिरिङ लेप्चाले सञ्चालन गरेका थिए। आजको यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा गोकुल सिन्हा उपस्थित रहेका थिए भने लाक्पा डोमा भोटिया, आशारिका फाउण्डेशनको सभापति रितवीक तामाङ, सामाजिक कार्यकर्ता सुभाष ठकुरी (सुभाष योञ्जनका छोरा), रंगबुल ग्राम पञ्चायतकी प्रधान योजना सुब्बा, पञ्चायत समिती सदस्या याङ लमू शेर्पा, पञ्चायत सदस्य इनोस हाङ सुब्बा लगायत सिधालाईन परिवार समाजका सभापति लगायत अन्यहरू
उपस्थित थिए। उक्त कार्यक्रममा जम्मा २७ जना विद्यार्थीहरू र उनीहरुका अभिभावकहरूलाई सम्मान जनाइएको छ। यस सम्मान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभापति रुपेश छेत्री र शेरप लेप्चाले पत्रकारहरुलाई सम्बोधन गर्दै आज एक सम्बर्ध्दना कार्यक्रम आयोजना गरेर यस वर्ष २०२५ को माध्यमिक, उच्च माध्यमिक, आईसीएसई र आईएएसई र सीबीएसई परीक्षामा ६० प्रतिशतभन्दा बेसी अङ् ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान जनाइएको जानकारी गराएका छन्। दुवैले यस कार्यक्रममा उपस्थित हुने अतिथिहरु, विद्यार्थीहरु र अभिभावकहरु साथै कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।