वार्ड काउन्सिलर शरदिन्दु चक्रवर्तीले डेङ्गु रोकथामको लागि नगरनिगमले पहल नगरेको आरोप लगाए

IMG_20220915_170903.jpg

सिलगढी: सिलगढी शहरमा वर्तमान समयमा डेङ्गुको मामिला ह्वात्तै बढ्दै गइरहेको छ।तर सिलगढी नगरनिगम यसको रोकथामको लागि कुनै पहल नगरेको २९ नम्बर वार्डका सीपीएम काउन्सिलर शरदिन्दु चक्रवर्तीले आरोप लगाएका छन्। शहरवासीलाई डेङ्गबारे सचेतन गराउने उद्देश्य लिएर २९ नम्बर वार्ड कमिटी सडकमा ओर्लिएको छ। वार्ड काउन्सिलर शरदिन्दु चक्रवर्तीको नेतृत्वमा आज वार्डको विभिन्न इलाकामा घुमेर माइकिङको माध्यमद्वारा साधारण मानिसहरूलाई डेगुबारे जागरुक गराउनको साथै वार्डमा रहेको ड्रेनहरूमा स्प्रे, ब्लिचिङ पाउडर छर्किने काम गरियो।यस अवसरमा काउन्सिलर चक्रवर्तीले भने, डेगुको रोकथाम गर्नको लागि के-के गर्नुपर्छ भन्ने विषयमा माइकिङको माध्यमद्वारा साधारण मानिसहरूलाई जानकारी गराइयो। यस अवधि तिनले सिलगढी नगरनिगम विरुद्ध क्षोभ प्रकट गर्नको साथै डेङ्गुको रोकथाम गर्नको लागि सिलगढी नगरनिगमले कुनै पहल नगरेको आरोप लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement