मुल्लांपुर: शुभमन गिलको कप्तानीमा गुजरात टाइटन्सले यस सत्रको शुरुवाती चरणमा असल प्रदर्शन गरे पनि पछिबाट लगातार तेस्रो हारको साथ आईपीएल २०२५ बाट बिदा लियो। मुल्लांपुरमा भएको एलिमिनेटर म्याचमा साई सुदर्शनको ८१ रनको लड़ाकू ईनिंग्सपछि पनि गुजरातले मुम्बई इण्डियन्सविरुद्ध २० रनले हारको सामना गर्नु पऱ्यो। म्याच गुमाएपछि गुजरात टाइटन्सका कप्तान गिलले भने, यस मैदानमा असल क्रिकेट खेलियो तर अन्तिम ३-४ ओभरको खेल हाम्रो पक्षमा रहेन। विशेषगरी पावरप्ले-मा तीनवटा सजिलो क्याच उम्काएपछि काम कहिले पनि सजिलो हुँदैन। विकेटमा नियन्त्रण राख्नु बलरहरूका निम्ति सजिलो थिएन। लगातार क्याच ड्रप गर्दा हामीलाई नोक्सान भयो। म्याचको अवधि सुदर्शन र वाशिंगटन सुन्दरबीच भएको पार्टनरशीपबारे गिलले भने, उनीहरूलाई केवल आफ्नो स्वाभाविक खेल खेल्ने सन्देश थियो। दुवै निम्ति लक्ष्य एउटै थियो, टीमलाई जीत दिलाउने। शीतले गर्दा विकेट हाम्रो निम्ति सामान्य सजिलो भएको थियो। धेरै सकारात्मक पक्षहरू रह्यो। गत २-३ वटा म्याच निश्चित रूपले हामीले सोचेको जस्तो रहेन तर सबै खेलाड़ीहरूलाई श्रेय जान्छ। विशेषगरी साई (सुदर्शन) लाई। उनले यस सीजनमा हाम्रो निम्ति असाधारण प्रदर्शन गरे। यस पीचमा २१० रन हाम्रो निम्ति सही रहने थियो।