फ्रेञ्च ओपन २०२५: अल्कारेजको साथमा स्वियातेक र सबालेंका चौथो राउण्डमा

photocollage_2025531113730722

पेरिस: गत च्याम्पियन इगा स्वियातेक र शीर्ष ऱ्याङकिंगमा रहने आर्यना सबालेंकाले शुक्रवार महिला एकलमा एउटा सेट पनि नगुमाइ फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको चौथो राउण्डमा प्रवेश गरिन्। यसरी पुरुष एकलमा स्पेनका कार्लोस अल्कारेज र फ्रान्सेस टियाफो पनि अघिल्लो राउण्डमा पुग्न सफल भए। तीनपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन बेलारुसकी सबालेंकाले ओल्गा डेनिलोविचलाई ६-२, ६-३-ले पराजित गरिन्। यसरी आफ्नो पाँचवटा ग्राण्ड स्ल्याम खिताबमा चारवटा रोलाँ ग्यारोमा जित्ने पोल्याण्डकी स्वियातेकले ज्याकलीन क्रिस्टियनलाई ६-२, ७-५-ले पराजित गरी फ्रेञ्च ओपनमा लगातार २३औं म्याचमा जीत हासिल गरिन्। म्याचको दोस्रो सेट एक घण्टा १६ मिनटसम्म चल्यो। २७ वर्षीय सबालेंकाले यस साल ६ वटा एकल फाइनलमा स्थान बनाइसकेकी छन् जबकि स्वियातेक गत वर्ष लगातार तेस्रोपल्ट फ्रेञ्च ओपनको खिताब जितेपछि आफ्नो पहिलो फाइनल म्याच खेल्ने प्रयासमा जुटेकी छन्। महिला एकलको अन्य म्याचहरूमा ओलम्पिक च्याम्पियन चीनकी झेंग किनवेनले १८ वर्षीय क्वालीफायर भिक्टोरिया एमबोकोलाई ६-३, ६-४-ले पराजित गरिन्। यसरी १६औं नम्बरकी खेलाड़ी अमाण्डा एनिसिमोवा र लियूडमिला सेमसोनोवाले पनि आ-आफ्नो म्याच जितिन्।
पुरुष एकल वर्गको तेस्रो राउण्डको म्याचमा दोस्रो वरीयता प्राप्त अल्कारेजले बोस्नियाका दामिर जुम्हुरलाई ६-१, ६-३, ४-६, ६-४-ले पराजित गरी चौथो राउण्डमा प्रवेश गरे। यसरी १५औं वरीयता प्राप्त अमेरिकाका फ्रान्सेस टियाफोले आफ्नै देशका सेबास्टियन कोर्डालाई ७-६, ६-३, ६-४-ले पराजित गरे। पुरुष एकलको अन्य म्याचहरूमा आठौं नम्बरका खेलाड़ी लोरेञ्जो मुसेटीले मारियानो नावोनेलाई, होल्गर रुनेले फ्रान्सका क्वेण्टिन हालिसलाई अनि अमेरिकाका १२औं वरीयता प्राप्त टमी पलले कारेन खाचानोवलाई पराजित गरी चौथो राउण्डमा स्थान बनाए। यसरी विश्वका नम्बर एक खेलाड़ी यानिक सिनरले पुरुष एकलमा दोस्रो राउण्डको म्याचमा जीत हासिल गरे। सिनरले फ्रान्सका ३८ वर्षीय रिचर्ड गास्केटलाई ६-३, ६-०, ६-४-ले पराजित गरे। फ्रेञ्च ओपनको म्याचमा हारपछि गास्केटले टेनिसबाट सन्न्यासको घोषणा गरे। यसरी महिला एकल वर्गमा कोको गौफ पनि तेस्रो राउण्डमा पुग्न सफल भइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement