मन्त्री राईले दिए अचाहिँदो मूल्य वृद्धिमाथि कारवाहीको चेताउनी

IMG-20250530-WA0423

गान्तोक: नाम्ची जिल्लाअन्तर्गत तिमीमा दुइसय मेट्रिक टन क्षमता भएको खाद्य भण्डारको उदघाटन गरियो। साथै विभिन्न विभागको योजनालाई लिएर एक सचेतना कार्यक्रम आयोजन गरियो। यस अवसरमा शहरी विकास विभागीय मन्त्री भोजराज राईले नवनिर्मित खाद्य भण्डारको उदघाटन गरे। कार्यक्रममा विभागका सचिव अनिल राज राई, अतिरिक्त सचिव डिकी डोमा भोटियालगायत अन्य अधिकारीहरु पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नवनिर्मित खाद्य भण्डार स्थानीयहरूको निम्ति उदघाटन गरिएको बताउँदै यसलाई सहीरूपमा प्रबन्धन गर्नुपर्ने महत्वमाथि जोर दिए। यसको सही प्रबन्धनको निम्ति स्थानीयहरूलाई आग्रह गरे। मन्त्री राईले आफ्नो सम्बोधनमा अन्य योजनाहरूको निम्ति लाभार्थीहरूले केवाईसी समयमा अपडेट गर्नु पर्ने आग्रह गर्दै यस विषयमा सम्वन्धित विभागले स्वतः सेवा प्रदान गर्ने बताए। उनले मानिसहरूलाई कृषि क्षेत्रमा आबद्ध भएर आत्मनिर्भर बन्ने र सम्मानका साथ जीवन यापन गर्ने सुझाउ दिए। यसका साथै मन्त्री राईले स्थानीयहरूलाई सरकारी नोकरीमा मात्र निर्भर नगरेर व्यवसायिक क्षेत्रमा अग्रसर हुने प्रोत्साहित गरे। उनले युवाहरूलाई रोजगार खोज्ने भन्दा रोजगार सृजना गर्ने लक्ष्य लिएर अघि बढनुपर्ने सुझाउ दिए। सोही क्रममा विभागका सचिव अनिल राज राईले राज्यमा कार्यान्वयन भइररहेको विभिन्न योजनाबारेमा जानकारी लिए। सचिव राईले मनसुनको समयमा राष्ट्रीय राजमार्गको अवस्थालाई ध्यानमा राख्दै खाद्य भण्डारण गर्नुपर्ने सुझाउ दिए। उनले आपतकालीनको समयमा सबै दोकानेहरूलाई सही मूल्यमा आवश्यक सामग्री उपलपब्ध गराउने निर्देश दिए। उपभोक्ताहरुलाई मर्का पर्ने अचाहिँदो मूल्य वृद्धिविरूद्ध कठोर कारवाहीको चेताउनी पनि मन्त्री राईले दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement