१९० शिक्षकलाई क्षमता विकास तालिम

IMG-20250530-WA0422

गेजिङ: गेजिङ जिल्ला प्रशासन केन्द्रले शिक्षा विभागको सहकार्यमा शुरु गरेको शिक्षक अभिमुखीकरण कार्यक्रममा सरकारी विद्यालयहरूका १९० जना शिक्षकहरूले भाग लिएका थिए। शिक्षकको व्यावसायिक विकासमा केन्द्रित उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकहरूका रूपमा विभागीय अधिकारी राजेश थापा, टीओ भोटिया, मात्रृका थापा, ओङ्मू भोटिया, पारुप्रीति गुरुङ र रितु छेत्री सामेल थिए। तीन दिनसम्म चलेको यस अभिमुखी कार्यक्रममा व्यावसायिक विकास, लैङ्गिक मुद्दाहरू, खुसी कक्षाको अवधारणा, केरियर परामर्श, मानसिक स्वास्थ्य, कला समावेश शिक्षण, खेल, विद्यालय पोषण कार्यक्रम तथा गणित जस्ता विषयमा तालिम दिइएको थियो। कार्यक्रमको मुख्य आकर्षण ‘प्रभावकारी शिक्षकका विशेषताहरू’ विषयक एक प्यानल छलफल थियो, जसको संयोजन राजेश थापाले गरेका थिए। प्यानलमा सबै प्रशिक्षकहरूले आ-आफ्नो अनुभव तथा विचारहरू प्रस्तुत गरेका थिए। क्योङसाको जिल्ला भवनमा शिक्षकहरूको पेशागत विकासलाई लिएर शुरु गरिएको तीन दिवसीय अभिमुखी कार्यक्रम २८ मईदेखि शुरू भएको थियो। तीन दिवसीय अभिमुखी कार्यक्रमको समापन आज भएको छ।
उक्त कार्यक्रम प्राथमिक र माध्यमिक दुवै तहका शिक्षकहरूलाई समावेश गर्ने लक्ष्य लिएर आयोजना गरिएको हो। जसमा गेजिङ जिल्लाअन्तर्गतका पीआरटी र जीटीका शिक्षकहरू सामेल रहेका थिए।
यस अवसरमा अन्तर्क्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो। जसले शिक्षकहरूलाई युवा विद्यार्थीहरूको जीवनमा परिवर्तनकर्ताको रूपमा आफ्नो भूमिकामा प्रतिबिम्बित गर्न प्रोत्साहित गरेको थियो। जिल्लपालले जिल्लाभरि सञ्चालित विद्यालका शिक्षकवर्गको समावेशी र विद्यार्थीमैत्री शिक्षाको पालनपोषणमा निरन्तर व्यावसायिक विकासको महत्त्वमाथि जोर दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement