गेजिङ: कृषि तथा किसान कल्याण मन्त्रालयको विकसित कृषि संकल्प अभियान गेजिङ जिल्लाको योक्सम ग्राम प्रशासनिक केन्द्रबाट शुरू भयो। हिजोबाट शुरू भएको राष्ट्रव्यापी कार्यक्रमको समापन आगामी १२ जूनको दिन समापन हुने भएको छ। केन्द्रीय कृषिमन्त्री शिवराज सिंह चौहानले शुरू गरेको अभियानको मुख्य उद्देश्य कृषकहरूलाई केन्द्र सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाबारे जागरूकता गराउनु, कृषकहरूलाई आधुनिक कृषि प्रविधिबारेमा शिक्षित गर्ने, कृषकहरूलाई फाइदा पुर्याूउने, सरकारी योजनाहरूबारेमा जागरूकता गराउने र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्नु रहेको छ। दुई दिवसीय अभियानअन्तर्गत सोरेङ जिल्लाको चारवटा गाउँका कृषकहरूलाई जागरूक गराइएको छ। जसमा ताकुथाङ, छोटा साम्दोङ, कोङग्री- लाब्दाङ र टाशीडिङ रहेको छ। विकसित कृषि संकल्प अभियान कृषि विज्ञान केन्द्र, आइसीएआर, क़ृषि, वागवाणी र पशुपालन एवम पशुधन विकासको संयुक्त पहलमा आयोजना गरिएको हो। कार्यक्रममा विभागका अधिकारीहरुले केन्द्र सरकारद्वारा कृषकहरूको कल्याणका निम्ति शुरू गरेका विभिन्न योजनाबारे प्रकाश पारेका थिए। यस क्रममा आइसीएआर र कृषि विज्ञान केन्द्रका वैज्ञानिकहरुले कृषकहरूको कल्याणको लागि विकसित विभिन्न प्रविधिहरूमाथि प्रकाश पारे। यस अवसरमा कृषक र वैज्ञानिकहरूबीच अन्तर्क्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो।