सिङगिक ग्राम पञ्चायत यूनिटमा कृषक-वैज्ञानिकबीच अन्तर्किया

IMG-20250530-WA0420

मंगन: विकसित कृषि संकल्प अभियानको दोस्रो दिन मंगन जिल्लाको सिङगिक ग्राम पञ्चायत यूनिटमा सफलतापूर्व सम्पन्न भयो। मंगन जिल्लाको कृषि विज्ञान केन्द्र र सम्बन्धित विभागको संयुक्त पहलमा कृषि विकासलाई बढावा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। यस अभियानको निम्ति दुई टोलीको गठन गरिएको छ। जसमा एउटा टोलीले पाक्सेप र काजोरको भ्रमण गर्ने कार्यक्रम राखेको छ भने दोस्रो टोलीले सिङगिक र सेन्ताम गाउँमा पुगेर विकसित क़ृषि संकल्प अभियानबारे जानकारी गराउने छ। भ्रमण टोलीमा आइसीएआरका वैज्ञानिकहरू, कृषि एवं वागवानी विभाग, मत्स्यपालन, प्रगतिशील कृषक सदस्यहरू लगायत विभिन्न विभागका अधिकारीहरू सामेल रहेका थिए। अभियानअन्तर्गत किसानहरूका लागि तयार पारिएका सरकारी योजनाहरूबारे सचेत गराउनु रहेको थियो। किसान-वैज्ञानिकबीच पनि अभियानबारे अन्तर्क्रिया सत्र सम्पन्न गरियो। अभियानको क्रममा माटो र यसको स्वास्थ्य व्यवस्थापनको महत्त्व, कृषि निवेश र माटो स्वास्थ्य कार्डहरूको वितरण, लगायत अन्य विषयमा जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement