मिरिक: मिरिक थर्बु डुप्टिन समष्टि जीटीए मिरिक क्षेत्र पीएचई अनि कृषि विभागका भारप्राप्त सभासद मिलेस राईले आज मिरिक विद्युत कार्यालयका एसएस इशान लामासित भेट गरेर एउटा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाएपछि पत्रकारहरूसित कुरा गर्दै सभासद मिलेस राईले मिरिक क्षेत्रमा विगत केही दिनदेखि बिजुली बत्ती सर्वहारामा अनियमितता देखा परेको र जसले गर्दा उपभोक्ताहरूलाई धेरै समस्या भइरहेको कारण विद्युत सेवालाई दुरूस्त राख्ने माग एसएस समक्ष गरिएको बताए। उनले उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै समस्या समधानको लागि पहल गरिदिने आश्वासन दिएको बताए। उनले वर्तमानमा बिजुली बत्ती अति आवश्यक रहेको कारण यसलाई दुरूस्त राख्न अति आवश्यक रहेको बताएl कतिपय ठाँउमा अव्यवस्थित रहेको बिजुलीको तार र खम्बाहरूलाई पनि व्यवस्थित गरिनु पर्ने माग गरेको उनले बताए।









