राज्यपाल माथुरद्वारा महात्मा बुद्धको मूर्तिको अनावरण

IMG-20250530-WA0419

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज राजभवन परिसरमा महात्मा बुद्धको प्रतिमाको अनावरण गरे। सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठ महोत्सव र पवित्र सागा दावा महिनाको पर्वलाई ध्यानमा राख्दै महात्मा बुद्धको प्रतिमाको अनावरण गरिएको हो। राजभवनमा स्थापित यो मूर्ति आध्यात्मिक शान्तिको प्रतिक मात्र नभएर सिक्किमको सांस्कृतिक र ऐतिहासिक गौरवलाई पनि प्रतिबिम्बित गरेको छ।
आजको कार्यक्रममा दोदरूल छोर्तेन गुम्बाका रिम्पोछे टुल्कु थोक्मेड हिस्से दोर्जी, सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, मन्त्री सोनाम लामा, विधायक दिले नामग्याल बर्फुङफा लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement