सिम्फेड अध्यक्षले गरे तीन नयाँ जैविक उत्पादको शुरू

IMG-20250530-WA0418

गान्तोक: सिक्किम स्टेट सहकारी सप्लाई अनि मार्केटिङ लिमिटेड (सिम्फेड) ले तीनवटा नयाँ जैविक उत्पाद बजारमा उतारेको छ। जसमा इस्कुस पाउडर, लौका पाउडर र डल्ले चिल्ली फ्लाक्स रहेको छ। उक्त तीन नयाँ जैविक उत्पादको शुरु सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटियाले सिम्फेडका प्रवन्धक निर्देशक भाष्कर बस्नेतको उपस्थितिमा गरेका हुन्। यस अवसरमा सिम्फेडका अन्य अधिकारीहरू सामेल रहेका थिए। विशेष गरेर अन्तर्राष्ट्रीय सहकारी वर्ष २०२५ लाई स्मरणयोग्य बनाउन स्थानीय जैविक उत्पादनहरूको मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रमुखता दिँदै शुरु गरिएको हो। ग्रामीण विकासप्रति सिम्फेडको प्रतिबद्धतालाई सुदृढ पार्ने उद्देश्यले सिक्किम राज्य स्थापनाको ५० वर्ष महोत्सव मनाउन सिम्फेडको मुख्य कार्यालयमा तीन उत्पाद शुरु गरेको हो। तीनवटा नयाँ उत्पादहरू बरदाङमा अवस्थित सिम्फेडको अदुवा प्रशोधन इकाईमा प्रशोधन र प्याक गरिन्छ। यो एनपीपीओपी मापदण्ड पुरा गरेर सञ्चालन हुने जैविक-प्रमाणित प्लान्ट हो। यो रसायनमुक्त र पर्यावरणमैत्री प्रशोधन केन्द्र हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement