वरिष्ठ कवि मदन ओझालाई धरोहर कविको उपाधिद्वारा सम्मानित

IMG-20250530-WA0396

दार्जिलिङ: ६० को दशकदेखि भारतीय नेपाली काव्य साहित्यमा कलम चलाउने कविहरुमध्ये राङभाङ उपत्यका कवि मदन ओझा पनि एक सक्रिय र चर्चित कवि हुन्। आयामिक लेखन पूर्वै कविता लेखनमा उनको आगमन भइसकेको पाउँछौं। नेपाली काव्य जगतमा आयमेली कवि ईश्वर बल्लभ र वैरागी काईँलाहरुले कविता लेख्दै गरेको समयमा पनि कवि एवं गीतकार मदन ओझाले कविताहरु लेख्दै आइरहेका थिए भने भारतीय नेपाली साहित्यमा त्यसबेला ‘पछ्यौरी’ जस्ता उच्च स्तरीय पत्रिकाको पनि उनले सम्पादन गरिसकेको अनि आजसम्म पनि निरन्तर रुपमा साहित्यमा सेवा पुराउरहेका छन् भनी राङभाङ उपत्यका वरिष्ठ कवि एवं समालोचक किसन प्रधानले जानकारी गराउँदै नारी स्रष्टा शर्मिला प्रधानकृत दुईवटा पुस्तकको लोकार्पण कार्यक्रममा कवि मदन ओझालाई अब उसो राङभाङ उपत्यकाले ‘धरोहर कवि मदन ओझा’ उपाधिले सम्मान गर्नु पर्ने उनले मञ्चबाट घोषणा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement