सोनादा: सोनादा शेर्पा समाज, प्रोग्रेसिभ शेर्पा समाज, खाङ्ग्री किदु शेर्पा समाज, प्रोग्रेसिभ शेर्पा संस्कृति समाज अनि ट्रष्ट (शेर्पा गुम्बा वेलफेयर सोसाइटी) द्वारा माउण्ट एभरेष्टमा सर्वप्रथम पुग्ने तेञ्जिङ्ग नोर्गे शेर्पाको १११औं जन्म जयन्ती पालन गरिएको छ। सोनादाको साम्द्रुप तोर्गेलिङ शेर्पा गुम्बा हलमा निमा वाङ्दी शेर्पा (बङ्ग भुषण) को प्रमुख आतिथ्यमा शेर्पा गुम्बामा तेन्जिङ शेर्पाको १११औं जन्म जयन्ती साथै १८औं अन्तर्राष्ट्रिय एभरेष्ट दिवस पालन गरियो। यस अवसरमा तेन्जिङ शेर्पालाई भारत रत्न दिनुपर्छ भनी मांग गर्दै सोनादामा मौन जूलूस पनि निकालियो। यस अवसरमा मुख्य अतिथिको बाहुलीबाट शेर्पा जातिको नानीहरूलाई प्रेरणास्वरुप अझैं राम्रो गरोस् भन्ने हेतुले उच्च अङ्क ल्याउने माध्यमिक, आइसीएससी, आइएससीको परीक्षा उत्तीर्ण गर्ने विद्यार्थी नानीहरुलाई सम्बर्द्धना पत्र अनि मेडल प्रदान गरियो। कार्यक्रममा डा यान्की शेर्पा जस्ले यसपाली एमबीबीएस उत्तीर्ण गरेकी थिइन् उनलाई पनि खाङग्री किदु शेर्पा समाजको तर्फबाट सम्मान गरियो। कार्यक्रममा शेर्पा जातिय संस्कृतिको नृत्य अनि गीतहरु पनि गाएर धेरै मनोरञ्जन गरियो। कार्यक्रममा चेङ्गा शेर्पा, छेरिङ्जी शेर्पा, डोमा शेर्पा, गोम्बु शेर्पा रिग्देन शेर्पा, दोर्जी शेर्पा अनि छेवाङ शेर्पाद्वारा गीत प्रस्तुत गरिएको थियो भने प्रोग्रेसिभ शेर्पा संस्कृति समाजका सदस्यहरुले नृत्य प्रस्तुत गरेका थिए। विशेष अतिथिहरुमा भुसन शेर्पा, काजी शेर्पा, पेमा शेर्पा, एसडी शेर्पा, लामा वाङ्गेल लामा, पासाङ लामा उपस्थित रहेका थिए भने तामाङ एसोसिएशन, सिङ्सा भोटिया समाज अनि टिबेटन समाजका प्रतिनिधिहरुलाई पनि अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रमको सञ्चालन निमु शेर्पाले गरेका थिए भने दोर्जी शेर्पाले तेन्जिङ शेर्पाको जीवनीबारे वक्तव्य राखेका थिए।











