सोनादा: आशारिका फाउण्डेशनले लिभर प्रत्यारोपणका लागि उपचार गराउँदै गरेकी रविना गुरुङ प्रधानलाई छ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। ३९ वर्षीया रविना गुरुङ सोनादास्थित ओक्स चियाबारी अन्तर्गत निज गाउँकी बासिन्दा हुन्। उनी हाल थप उपचारका लागि दिल्लीको एम्स (AIIMS) अस्पतालतर्फ प्रस्थान गरेकी छिन्। आशारिका फाउण्डेशनका अध्यक्ष ऋत्विक तामाङ स्वयं सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित रहेका थिए भनी रूपेश क्षेत्री जानकारी दिएका छन्।











