खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो अण्डर-१४ बोयज सब-डीविजनल फूटबल टुर्नामेण्टमा शुक्रवार ग्रुप चरणको अन्तिम २ वटा म्याच खेलियो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत गोथल्स मेमोरियल खेल मैदानमा आज भएको पहिलो म्याचमा सुकना हाई स्कूल ले रोहिणी फूटबल एकाडमी विरुद्ध ६-० ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा सन्त अल्फन्सस स्कूलले तिनधारे हाई स्कूल विरुद्ध ६-१-ले जीत हासिल गऱ्यो। ग्रुप ए बाट सुकना हाई स्कूल (९ पोइण्ट्स, २७ गोल) र आईटीआई टुंग फूटबल एकाडमी (६ पोइण्ट्स, १७ गोल) ले सेमिफाइनलमा स्थान बनायो। ग्रुप बी बाट सन्त अल्फन्सस स्कूल (९ पोइण्ट्स, १४ गोल) र तिनधारे हाई स्कूल (६ पोइण्ट्स, ८ गोल) ले सेमिफाइनलमा स्थान बनायो।

सेमिफाइनल म्याचहरू १ जूनमा खेलिनेछ। यसरी फाइनल ८ जूनमा हुनेछ। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा प्रमोद प्रधान, दावा डोमा भुटिया अनि अर्बिन्द छेत्री सामेल थिए। सञ्जय थापा फोर्थ अफिसियल थिए।।











