१५ सेप्टेम्बरः आईसीसी एलिट प्यानलका हिस्सा रहिसकेका पूर्व अम्पायर असद रऊफको निधन भयो। उनी ६५ वर्षका थिए। सूत्रबाट थाहालागे अनुसार, उनको मृत्यु हृदयाघातले गर्दा भयो। पाकिस्तानका रऊफलाई २०००-को दशका विश्वका सर्वश्रेष्ठ अम्पायर मानिन्थ्यो। उनका भाईले बताएअनुसार, आफ्नो दोकान बन्द गरेर घर फर्रिरहेको समय रऊफ अस्वस्थ्य भए अनि हृदयाघातले गर्दा उनको मृत्यु भयो। असद रऊफले साल २०००-मा अम्पायरिंग पदार्पण गरेका थिए। उनले पहिलोपल्ट वनडे म्याचमा अम्पायरिंग गरेका थिए। साल २००५-मा उनलाई टेस्ट अनि २००७-मा टी२० अन्तर्राष्ट्रिय म्याचमा अम्पायरिंगको मौका प्राप्त भयो। उनले आफ्नो करियरमा ६४ वटा टेस्ट, १३९ वटा वनडे अऩि २८ वटा टी२० इण्टरनेशनल म्याचमा अम्पायरिंग गरे। उनले ६४ वटा टेस्टमा ४९ वटामा मैदानी अम्पायर र १५ वटामा टीभी अम्पायरको रूपमा हिस्सा लिए।
साल २०१३-मा असद रऊफको नाम स्पट फिक्सिंगमा आयो। मुम्बई पुलिसले उनलाई आरोपी बनायो अनि उनी वाण्टेड भएका थिए। त्यस साल रऊफले आईपीएल सीजन समाप्त हुन अघि नै भारत छोड़ेका थिए। त्यसपछि आईसीसीले उनलाई च्याम्पियन्स ट्रफीबाट हटाउने फसेला गरेको थियो। त्यस समय आईसीसीले जाँचमा उनको नाम आयो भनेर हटाएको चाहिँ होइन भन्ने पनि स्पष्ट गरेको थियो। यसको साथमा बीसीसीआईले २०१६-मा रऊफमाथि ५ सालको प्रतिबन्ध लगाएको थियो।
अम्पायर बन्न अघि रऊफले पाकिस्तानका घरेलु क्रिकेट खेलेका थिए। उनी मध्यक्रमका ब्याटर हुनको साथै पार्ट टाइम बलर पनि थिए। उनले पाकिस्तान रेलवे, लाहौर र नेशनल ब्यांक अव् पाकिस्तानको प्रतिनिधित्व गरेका थिए। उनको नाममा ७१ वटा प्रथम श्रेणीको म्याचमा ३४२३ रन रहेको छ। यसको साथमा उनले ४० वटा लिस्ट ए म्याचमा ६११ रन बनाएका थिए।
								



								

															
                    



