प्रधानमन्त्री मोदीको निरन्तर समर्थन र आशीर्वाद शक्ति र प्रेरणाको स्रोत: मुख्यमन्त्री

n666326984174854242786227c2c55a0ad93c8af2375fdd89d935fc8e51e75e84833c70a8cce38a4f9fdf0d

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले बागडोग्राबाट भर्चुअल रूपमा उपस्थितिको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिक्किमका जनताको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्।
उनले प्रधानमन्त्रीको निरन्तर समर्थन र आशीर्वादले सधैं शक्ति र प्रेरणाको स्रोतको रूपमा काम गरेको बताएका छन्।
मुख्यमन्त्री आज सामाजिक सञ्जाल फेसबुकमा जारी पोस्टमा राज्यपाल ओमप्रकाश माथुरसँग सिक्किमको राज्य स्थापनाको ५०औं गौरवशाली वर्ष मनाउन प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानित भर्चुअल उपस्थितिमा पाल्जोर स्टेडियममा सामेल हुने सौभाग्य प्राप्त भएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा भारत एक बलियो, बढी आत्मनिर्भर र विश्वव्यापी रूपमा सम्मानित राष्ट्रको रूपमा देखा परेको बताएका छन्। उनले प्रधानमन्त्री मोदी र देशका सशस्त्र बलहरूलाई अपरेशन सिन्दूरको सफल कार्यान्वयनमा हार्दिक बधाई पनि व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले शान्ति, एकता र प्रगतिको ५०औं गौरवशाली वर्ष मनाउने क्रममा विकसित भारत २०४७ को दृष्टिकोण र सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माण गर्ने प्रतिबद्धता पुन: दोहोऱ्याएका छन्। यस महत्वपूर्ण अवसरमा सिक्किमको अद्वितीय ऐतिहासिक, संवैधानिक र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने लाम्बित आकांक्षा र विकास प्रस्तावहरू पनि पेश गरेको उनले जानकारी गराएका छन्। उनले प्रधानमन्त्रीको गतिशील नेतृत्वमा यी प्रस्तावहरूको अनुकूल विचारको आशा व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले हरेक चुनौतीहरूमा केन्द्र सरकारको निरन्तर सहयोगको लागि आभारी व्यक्त गर्दै समावेशी विकास र राष्ट्रिय विकासतर्फको साझा यात्रामा सकारात्मक परिणामहरूको निम्ति पनि आशा व्यक्त गरेका छन्। उनले यस ऐतिहासिक र भव्य उत्सवको शानदार सफलता सुनिश्चित गर्ने सबैप्रति गहिरो आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement