गान्तोक: सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादले आज राज्यपाल ओमप्रकाश माथुरसँग सौहार्दपूर्ण भेटघाट गरे। राजभवनमा आयोजित कार्यक्रममा पूर्व अनि वर्तमान राज्यपालले सिक्किमको विकास गतिबारे चर्चा गरे। यस क्रममा पूर्व राज्यपालले आफ्नो कार्यकालमा सिक्किममा बिताएका समयका सम्झनाहरू साझा गरे। यसबाहेक राजभवनद्वारा हाल सञ्चालन भइरहेका विकास योजनाहरूबारे पनि छलफल गरियो। यस अवसरमा राज्यपालले पूर्व राज्यपालको सुस्वास्थ्य, समृद्धि र उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरे।