पद्भश्री ढोलकियाको मुख्यमन्त्रीसित भेट

IMG-20250529-WA0526

गान्तोक: सिक्किम भ्रमणमा आएका पद्भश्री सावजी ढोलकियाले आज साँझ मुख्यमन्त्री प्रेमसिंह तामाङसित भेट गरे। उक्त भेट मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा भएको थियो। गुजरातका एक प्रसिद्ध उद्योगपति र समाजसेवी पद्भश्री ढोलकियाले भारतीय उद्योगमा अलगै छाप छोड़ेका छन्। यसबीच मुख्यमन्त्री तामाङले उनले गरेका उदाहरणीय सेवा कार्यको खुलेर प्रशंसा गरे। उक्त भेटलाई खुशी र सम्मान दुवैको रूपमा वर्णन गर्दै मुख्यमन्त्री तामाङले पद्भश्री ढोलकियाको प्रेरणादायी जीवनकथाको प्रशंसा गर्दै युवाहरुका प्रेरणाका स्रोत बताए। मुख्यमन्त्रीले उनको स्वास्थ्य र समाजको लागि अझ ठूलो सेवाको लागि शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement