४५ सेकेण्ड कल खुला राखेपछि सचिन तेन्दुलकरलाई आयो पानी बचाउने सुझाव

00-Sachin-Tendulkar

मास्टर ब्लास्टर सचिन तेन्दुलकरको एक भिडियो इन्टरनेटमा भाइरल भएको छ, जसमा सचिन वशरूममा ब्याटको ग्रिप धोइरहेको देखिन्छ। सचिनको पोस्टका अनुसार ब्याटको ग्रिप सफा गर्ने यो उनको विशेष तरिका हो। जब फ्यानहरूले देखे कि सचिन ब्याटको ग्रिप धुनमा यति तल्लीन थिए कि उनले ट्याप बन्द गर्न बिर्से, त्यसपछि मानिसहरूले मास्टर ब्लास्टरलाई पानी बचाउन सल्लाह दिन थाले। सचिन ‘२०२२ रोड सेफ्टी वर्ल्ड सीरीज टी-ट्वेन्टी’मा इण्डिया लिजेन्ड्सको कप्तानी गर्दैछन्। सडक सुरक्षा सचेतनाका लागि खेलाइँदै आएको उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। सचिन पानी बचाउ अभियानको एक हिस्सा भएकाले फ्यानहरू उनले पानी खेर फालेको मन पराउँदैनन्।

भिडियो सचिन तेन्दुलकरले सेप्टेम्बर १३ मा आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा सेयर गरेका थिए र क्याप्सनमा लेखेका थिए – ब्याट एण्ड म्युजिक, जीवनभरका लागि कम्बो। अर्थात ब्याट र संगीतको कम्बो जीवनको लागि हो। यससँगै भिडियोमा लेखिएको छ कि ब्याटको ग्रिप सफा गर्ने मेरो विशेष तरिका। यो भिडियोलाई यो समाचार तयार पार्दासम्म २ लाख २७ हजारभन्दा बढीले हेरेका छन् भने १५ हजारभन्दा बढी लाइक गरेका छन्। यो भाइरल क्लिपमा सचिन साबुनले आफ्नो ब्याटको ग्रिप धोइरहेका छन्। ब्याकग्राउन्डमा बलिउड गीत ‘कोई रोको ना…’ बजिरहेको छ। यस बीचमा उसले ब्याट भिजाउन नपरोस् भनेर ग्रिपलाई सावधानीपूर्वक धुने सल्लाह दिन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement