शिक्षकहरूको अभिमुखी कार्यक्रम समाप्त

IMG-20250529-WA0521

गेजिङ: गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्र र जिल्ला शिक्षा कार्यालयको संयुक्त पहलमा क्योङसाको जिल्ला भवनमा शिक्षकहरूको पेशागत विकासलाई लिएर शुरु गरिएको तीन दिवसीय अभिमुखी कार्यक्रम सञ्चालन भइरहेको छ। गत २८ मईदेखि शुरू भएको तीन दिवसीय अभिमुखी कार्यक्रमको समापन भोलि ३० मईको दिन हुने भएको छ। उक्त कार्यक्रम प्राथमिक र माध्यमिक दुवै तहका शिक्षकहरूलाई समावेश गर्ने लक्ष्य लिएर आयोजना गरिएको हो। जसमा गेजिङ जिल्लाअन्तर्गतका पीआरटी र जीटीका शिक्षकहरू सामेल रहेका छन्। यस अवसरमा अन्तर्क्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो। जसले शिक्षकहरूलाई युवा विद्यार्थीहरूको जीवनमा परिवर्तनकर्ताको रूपमा आफ्नो भूमिकामा प्रतिबिम्बित गर्न प्रोत्साहित गरेको थियो। जिल्लपालले जिल्लाभरि सञ्चालित विद्यालका शिक्षकवर्गको समावेशी र विद्यार्थीमैत्री शिक्षाको पालनपोषणमा निरन्तर व्यावसायिक विकासको महत्त्वमाथि जोर दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement