सिक्किम शेर्पा संघ संरक्षण बोर्डद्वारा तेञ्जिङ शेर्पा जयन्ती पालन

IMG-20250529-WA0520

गान्तोक: सिक्किम शेर्पा एसोसिएशन प्रोटेक्सन बोर्डले पहिलो सगरमाथा आरोही पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पाको १११औ जन्म दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजन गऱ्यो। आफ्नो अदम्य साहस, दृढता र अग्रगामी भावनाका लागि प्रख्यात, तेन्जिङ नोर्गेले विश्वभरिका पुस्तालाई पर्वतारोहणको निम्ति प्रेरणा दिएको कार्यक्रममा बताइको छ। वर्ष १९५३ मा सर एडमन्ड हिलेरीसँगै सगरमाथाको शिखरमा पुग्ने पहिलो दुई व्यक्तित्वहरूमध्ये एकको रूपमा, तेन्जिङ नोर्गे शेर्पाले इतिहासमा आफ्नो नाम कोरेका छन् र हिमालय क्षेत्र र सम्पूर्ण राष्ट्रलाई ठूलो गौरावान्तित तुल्याएका छन्। पर्वतारोहण र साहसिक खेलकुदमा उनको योगदान अतुलनीय छ र विश्वव्यापी मञ्चमा भारतको उँचाइलाई कायम राख्न उनले अहंम भूमिका निर्वाह गरेको उल्लेख कार्यक्रममा गरे। यस अवसरमा, सिक्किम शेर्पा संरक्षण बोर्डले तेन्जिङ नोर्गे शेर्पालाई भारतको सर्वोच्च नागरिक पुरस्कार भारत रत्न प्रदान गर्नुपर्ने लामो समयदेखिको मागलाई दोहोऱ्याउँदै आइरहेको छ। उनलाई भारत रत्नले सम्मान गर्नु उनको अनुपम उपलब्धिहरूको लागि उपयुक्त श्रद्धाञ्जली र सम्पूर्ण हिमालय क्षेत्रमा बसोबासो गर्ने जनताको लागि गौरवको क्षण हुने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement