विकसित कृषि संकल्प अभियान गाउँ प्रस्थान

IMG-20250529-WA0519

मंगन: विकसित कृषि संकल्प अभियानलाई आज केभीके उत्तर सिक्किमबाट शुरु गरियो। पञ्चायत अध्यक्ष शेराप भोटियाले मंगन जिल्लाका सबै वरिष्ठ अधिकारीहरूको उपस्थितिमा औपचारिक रूपमा झण्डा हल्लाएर टीमसाई प्रस्थान गराए। आजदेखि शुरू भएको यस अभियानको समापन आगामी १२ जूनको दिन हुनेछ। राज्य र केन्द्र सरकारको योजन कार्यन्वयनलाई लिएर सचेत गराउने उद्देश्यले शुरू गरिएको यस अभियानअन्तर्गत प्रयोगशालादेखि तृणमूलस्तरसम्म उन्नत कृषि प्रविधिहरू चलाउने तय गरिएको छ। पीएमएफबीवाई, पीएमकेएसवाई, पीएमएमएसवाईलगायत अन्य योजनाहरूलाई प्रोत्साहित गर्नको साथै किसानहरू र वैज्ञानिकहरूबीच प्रत्यक्ष अन्तर्क्रियालाई सहज बनाउने लक्ष्य राखेर अभियान शुरु गरिएको हो। अभियानको निम्ति दुईवटा टोली गठन गरिएको छ। जसमा एउटा टोलीले मल्ली र अप्पर सिङ्घीकलाई समेटने छ भने दोस्रो टोलीले रिङ्गहिम र कलाव गाउँलाई समावेश गरेर काम गर्नेछ। टोलीमा केभीकेका अधिकारी, आइसीएआरका वैज्ञानिक, कृषि विभाग, बागवानी विभाग, पशुपालन विभाग, मत्स्यपालन विभागका अधिकारीहरू, प्रगतिशील किसान सदस्यहरू सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement