सोनादा: रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको बीच, मुन्सी गाउँमा “मित्रगण सेवक युवा समाज’ को सार्वजनिक भवन”को आज उदघाटन गरिएको छ। उक्त सार्वजनिक भवनको उदघाटन जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानको बाहुलीबाट सम्पन्न गरिएको छ।ग्राम पञ्चायतदेखि लिएर पञ्चायत समितिका निर्वाचित सदस्य-सदस्यावर्ग अनि स्थानीय ग्रामवासीको उपस्थितिमा उक्त सार्वजनिक भवनको उदघाटन गरिएको छ। यस अवसरमा मुख्य अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान, विशिष्ट अतिथिको रुपमा विभागीय अधिकारीहरू, पञ्चायत समिति सदस्य जीवन प्रधान, चन्द्र तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त सार्वजनिक भवनको उदघाटन गरिएपछि रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको मुन्सी गाउँ, बीच गाउँको मित्रगण सेवक समाजलाई हस्तान्तरण गरिएको छ। उक्त सार्वजनिक भवनको उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै धोत्ररिया चियाबारीको बीच गाउँ, मुन्सी गाउँको मित्रगण सेवक समाजको सभापति जीवन छेत्रीले गाउँमा धेरै वर्षपछि “मित्रगण सेवक युवा समाजको सार्वजनिक भवन निर्माण भएर उदघाटन गरिएको छ र हामी धेरै खुशी छौं भनी बताएका छन्। उनले धेरै वर्षसम्म यहाँ धेरै पार्टीहरु आयो तर सार्वजनिक भवन निर्माण गरिदिने आश्वासन मात्र दियो तर कसैले पनि बनाई दिएन भनी बताएका छन्।

उनले हाम्रो क्षेत्रमा रहेका धेरै लामो समयदेखि रहेको सार्वजनिक भवनको समस्या आज आएर क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको पहलमा र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको सहयोगमा निर्माण गरिएकोमा हामी धेरै खुशी छौं भनी बताएका छन्। उनले यस सार्वजनिक भवनको लागि क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको पहलमा र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाप्रति आभार प्रकट गरेका छन्।