सभासद नुरी शेर्पाद्वारासिङ्गेल चियाबारी अन्तर्गत कफीबारी गोदामधुराको भ्रमण

IMG-20250529-WA0411

सोनादा: टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पाले सिंगेल चियाबारीको कफिबारी अन्तर्गत गोदामधुरा क्षेत्रको भ्रमण गरेका छन्। गत १५ मई २०२५ मा सिङ्गेल चियाबारी अन्तर्गत रहेका कफीबारी गोदामधुरामा भीषण अग्निकाण्डको कारण पाँचवटा घरहरु पूर्ण रुपले क्षतिग्रस्त भएको सर्वविदितै छ। घटना भएको केही क्षणमा नै गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमूख कार्यपाल अनित थापा, टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा लगायत सन्तमेरिज २ ग्राम पञ्चायतका प्रधान सहदेव तामङले घटना स्थलमा पुगी पूर्ण जानकारी लिइएका थिए भने स्थानीय संघ-संस्थाहरुद्वारा पनि पिडित परिवारहरुलाई शीघ्र रुपमा आवश्यकीय सर-सामाग्रीहरु प्रदान गरी भरपूर सहयोग पुरायाएका हुन्। यसै क्रममा सिङ्गेल कफीबारी गोदामधुरा ग्राम सुधार समितिद्वारा उक्त पिडित परिवाहरुको सहयोगार्थ आपातकालीन सेवा टोली गठन गरिइएको थियो भने सोही आपातकालीन सेवा टोलीका प्रतिनिधिहरुसँग टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पाले विस्तृत रुपमा चर्चा गरे। यस सभामा अग्निकाण्डका पिडित परिवारहरु लगायत सन्तमेरिज २ ग्राम पञ्चायतका प्रधानको पनि उपस्थिति रहेको थियो।
गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमूख कार्यपाल अनित थापाद्वारा उक्त पाँच घर पिडित परिवारका घर निर्माण गरिदिने प्रतिश्रुति दिइएको हुनाले आज उनकै निर्देशनमा समष्टिका सभासद नुरी शेर्पाले निरीक्षण गरेका थिए भने चर्चाको क्रममा उक्त पाँच घर पिडित परिवारहरुका घर निर्माणको निम्ति सही अनि उपयोगी ठाउँ चिन्हित गरी जमीन उपलब्ध गराइदिने जिम्मा आपातकालीन सेवा टोलीलाई दिइएको छ भने घर निर्माणको निम्ति जमीन उपलब्ध भएपश्चात घर निर्माणको कार्य पनि शीघ्र नै आरम्भ गरिने जानकारी सभासद नुरी शेर्पाले दिएका छन्। स्मरण गराइन्छ गत १५मई, २०२५ को सो घटनापछि निरन्तर रुपले समष्टिका सभासद नुरी शेर्पाले विभिन्न निकाय तथा सम्बन्धित विभागहरुमा तालमेल राखी कार्य गरिरहेका छन् भने पिडित परिवारहरुलाई सहयोग पु~याइरहेका छन्। उक्त सभामा आपत्कालीन सेवा टोलीका प्रतिनिधिगण, समाजका प्रतिनिधिगण, पिडित परिवारका सदस्य/सदस्यागण लगायत स्थानीय ग्रामवासीहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement