खरसाङ: खरसाङ पञ्चायत समितिद्वारा सिंगेल चिया बगान अन्तर्गत कफीबारी गाउँका अग्निपिढीत परिवारलाई सहयोग गरिएको छ। उक्त अग्नि पीडित परिवारहरुलाई व्यक्तिगत रुपमा चाहिने आवश्यक भाँडा वर्तनहरु पिडीत परिवारहरुलाई सुम्पिइएको छ। आज नै यी पिडीत परिवारहरुलाई घर निर्माण गर्न जमीनको सर्वे पनि गरिएको छ भने जीटीए प्रमुख अनित थापाद्वारा चाढै घर निर्माण गरिदिने सबै पिढीत परिवारहरुलाई खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रील भेटेर उक्त जानकारी गराएकी छन्।

आजको भेटघाट कार्यक्रममा कर्मध्यक्ष बिरेन्द्र तामाङ, भक्तिमान तामाङ, मौसम तामाङ उपस्थित रहेका थिए भने सन्त मेरिज दुई ग्राम पञ्चायतको प्रधान सदेव तामाङ पनि विशेष रुपले उपस्थित थिए भनी जानकारी प्राप्त भएको छ।