नयाँ दिल्ली: तेजस्विनी शंकर एशियन एथलेटिक्स च्याम्पियनशीपमा डेकाथलन स्पर्धामा २ वटा पदक जित्ने पहिलो भारतीय बने। डेकाथलनमा राष्ट्रिय रेकर्ड धारक तेजस्विनीले दक्षिण कोरियाको गुमीमा जारी च्याम्पियनशीपमा ७६१८ पोइण्ट्सको साथ रजत पदक जिते। उनले २०२३-को संस्करणमा काँस्य पदक हासिल गरेका थिए। यसपाली स्वर्ण पदक जित्नदेखि चुके पनि उनलाई कुनै पछुतो छैन कारण उनी देशको निम्ति पोडियममा स्थान बनाउन सफल रहे। तेजस्विनीले भने, स्वर्ण र रजतबीचको अन्तर १६.३ सेकेण्ड रह्यो। रजत र काँस्य पदकबीच पनि यही अन्तर रह्यो। मेरो विचारमा पदक जित्ने प्रयास नै महत्त्वपूर्ण रहन्छ। अहिलेसम्म यस महाद्वीपीय च्याम्पियनशीपमा तीनजना भारतीय विजय सिंह चौहान (१९७३), सुरेश बाबू (१९७५) र सबील अली (१९८१)-ले डेकाथलनमा स्वर्ण पदक जितेका छन्। अधिकांश समय अमेरिकामा रहने तेजस्विनीले १० स्पर्धाको प्रतियोगितामा २ वटा व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन गरे। उनले शट् पुटमा १३.७९ मीटर र ११० मीटर वाधा दौड़मा १४.५८ सेकेण्डको समय सहित आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरे।