हुम्ला: नेपालको उत्तरी छिमिेकी देश चीनले हुम्लाको अदानचुली गाउँपालिकाकालाई सवा ३ करोडको सहयोग दिएको छ। पुरान काउन्ट्री च्यानल डिकोरेसन कम्पनीले गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सा नाकामा बोलाएर सो सहयोग राशी बराबरका सामानहरु दिएको छ।
चीनको तिब्बत स्वायत्त क्षेत्र, अली प्रिफेक्चरको पुलान काउन्टीको विदेश मामिला कार्यालयका अध्यक्ष र गाउँपालिकाका अध्यक्ष सिंह र यस अघिका प्रमुख प्रशासकिय अधिकृत हंस महताराले गएको फेब्रवरी १७ मा गाउँपालिकाको लागि स्काभेटर ८० लाख, सुचना प्रबिधिका सहायता सामाग्रीहरुको लागि ९० लाख, पुर्वाधार विकास तर्फ लौठी स्वास्थ्य चौकी भवन निर्माणको लागि ७१ लाख १३ हजार ४ सय ६४ र सल्लाघारी नमुना माध्यामीक विद्यालय भवन निर्माणको लागि ७१ लाख १३ हजार ४ सय ६४ गरी जम्मा ३ करोड १२ लाख २६ हजार ९ सय २८ रुपैया बराबरको सहायता सामाग्रीमा हस्ताक्षर गरेl सो सहयोग अन्तर्गत पहिलो चरणमा सामाग्री आईतबार हुम्लाको हिल्सा नाकाबाट हस्तान्त्रण गरेको अध्यक्ष सिंहले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष सिंह सहित उपाध्यक्ष कर्ण रोकाया, प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारी र अदानचुली ३ का वडा अध्यक्ष डिलबहादुर फडेरा सहभागि प्रतिनिधि मण्डलले उक्त सहायता बुझेको हो।
चिनिया सरकारले यतिबेला पहिलो चरणको लागि सुचना प्रबिधि सम्बन्धी सामाग्रीहरु मात्र पठाएको र बाँकी एक स्काभेटर सहित पुर्वाधार विकास तर्फ दोस्रो चरणमा सहयोग गर्ने बताए।
यतिबेला लेनोभा डेस्टप कम्प्युटर १९ वटा, प्रिन्टर १९ वटा, प्रोजेक्टर ४ वटा, नोटबुक कम्प्युटर ७ वटा, मोनिटर एक सय वटा, स्वीच मेसीन २० वटा, भिडियो रेकर्डर ८ वटा, नेटवर्क केबल ४ वटा, मोनिटर कालोमा १० वटा, डेमो क्यामरा ७ वटा र क्यास्टाल हेडर ५ वटा बुझेर ल्याएको पालिका अध्यक्ष सिंहले जानकारी दिए।
यी सबै समाग्रीहरु गाउँपालिका, वडा कार्यालय र सामुदायिक विद्यालयहरुको लागि सहायता सामाग्रीहरु भएकाले गाउँपालिकामा ल्याएर आर्थिक वर्षमा आबश्यकता अनुसार वितरण गरिने अध्यक्ष सिंहले जानकारी दिए। निरन्तर एक वर्षको प्रयासले यो सहयोग प्राप्त गर्न सम्भब भएको अदानचुली गाउँपालिकाले जनाए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खुला प्रतिष्पर्धामा पहिलो चरणमा छनोट भएर चिनियाँ सहयोग प्राप्त गर्नेमा हुम्लाको अदानचुली गाउँपालिका सहित सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका रहेको बताइएको छ।
चीनसँग सिमाना जोडिएको क्षेत्रलाई हरेक वर्ष वस्तुगत सहयोग गर्दै आएको चीनले यो वर्ष पहिलो पटक सिमाना जोडिएका भन्दा केहि टाढाको स्थानीय तहलाई पनि वस्तुगत तथा अन्य सहयोग दिन शुरु गरेको हो।