कप्तान रिषभ पन्तसहित पूरा टीममाथि जरिमाना

IMG-20250528-WA0260

लखनऊ: लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-का कप्तान रिषभ पन्तमाथि मंगलवार एकाना स्टेडियममा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-विरुद्ध आईपीएल २०२५-को म्याचको अवधि धीमा ओभर रेटको अपराधमा जरिमाना लगाइयो। यो पन्तको सीजनमा धीमा ओभर रेटको तेस्रो अपराध थियो। यसैकारण उनीमाथि ३० लाख रुपियाँको जरिमाना लगाइएको छ। यसको साथमा इम्प्याक्ट खेलाड़ीसहित अन्तिम एकादशका अन्य सदस्यहरूमाथि पनि १२ लाख रुपियाँ या उनीहरूका सम्बन्धित म्याच फीसको ५० प्रतिशत (जुन कम्ती हुनेछ) गरेर जरिमाना लगाइयो। आईपीएलद्वारा जारी बयानमा भनिएको छ, यो आईपीएलको न्यूनतम ओभर रेटसँग सम्बन्धित आचार संहिताअन्तर्गत उनको टीनको तेस्रो अपराध थियो। यसैकारण पन्तमाथि ३० लाख रुपियाँको जरिमाना लगाइएको छ। यसको साथमा इम्प्याक्ट सब सहित अन्तिम एकादशमा सामेल सबै सदस्यहरूमाथि व्यक्तिगत रूपले १२ लाख रुपियाँ या उनीहरूका सम्बन्धित म्याच फीसको ५० प्रतिशत (जुन पनि कम्ती हुनेछ)-को जरिमाना लगाइएको छ। उल्लेखनीय छ, मंगलवार राति खेलिएको म्याचमा पन्तले लामो समयपछि फर्म हासिल गर्दै ६१ बलमा अविजित ११८ रन बनाए पनि लखनऊले ६ विकेटले हारको सामना गर्नु पऱ्यो। यसरी एलएसजी-ले १४ वटा म्याचमा १२ पोइण्ट्सको साथ सातौं स्थानमा रहेर आईपीएल अभियानको अन्त गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement