प्रधानमन्त्री नरेन्द्र मोदीको‌‌ सिक्किम भ्रमणलाई क्रामाकपाद्वारा स्वागत

IMG-20250528-WA0238

नरेन्द्र मोदीकै कार्यकालमा गोर्खाहरुले‌ ११ जनजातिको मान्यता पाउने विश्वास गोर्खा जातिले गरेको छ: अरुण घतानी

खरसाङ: प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि उत्तर बंगालको अलिपूरद्वार अनि सिक्किम भ्रमण कार्यक्रम विषयमा क्रामाकपाले प्रेस विज्ञप्ति जारी गर्दै आजको राजनैतिक परिस्थितिमा प्रधानमन्त्रीको परिभ्रमण अति नै महत्त्वपूर्ण रहेको बताएका छन्। क्रामाकपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक स्वागत् गर्दछ भनी बताएको‌ छ। प्रधानमन्त्री मोदीले २०१४ मा अलिपूरद्वारबाट नै चुनावी जनसभालाई सम्बोधन गर्दै गोर्खा समूदायका ११ वटा छुटेका जात गोष्ठीलाई प्रत्येकको नाम उच्चारण गर्दै जनजातिको मान्यता दिने प्रतिश्रुति दिएका थिए तर आज ११ वर्ष पुग्दासम्म पनि पूरा नहुनु विडम्वना रहेको बताउँदै यद्यपि उनकै कार्यकालमा सो पूरा हुने विश्वास गोर्खा जातिले गरेको छ भनी प्रेस विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि नै सिक्किम पुग्ने विषयमा प्रेस विज्ञप्ति जारी गरी क्रामाकपाको प्रवक्ता अरुण घतानीले विश्वको सर्ववृहत् लोकतान्त्रिक राष्ट्र भारतमा, सिक्किम २२औं राज्यको रूपमा समावेश भएको ५०औं वर्षगाँठको उपलक्ष्यमा सिक्किमेली जनता साथै सिक्किम राज्य सरकारलाई क्रामाकपाको पक्षबाट हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्दैछौं भनी बताएका छन्। उक्त विषयमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेलाई पार्टीले आज पत्राचार गरेको पनि बताएका छन्। उक्त पत्रमा सिक्किम सरकारले राज्य र राज्यवासीको सामाजिक, शैक्षिक, आर्थिक र राजनीतिक विकास गर्दै देशको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जानेछ भन्ने कुरामा हाम्रो पार्टीको विश्वास गरेको कुरा उल्लेख गरिएको छ। यस पूणित अवसरमा देशको प्रधानमन्त्री नरेन्द्र मोदीलाई राज्यमा स्वागत् गर्न सफल वर्तमान सिक्किम राज्यका मुख्यमन्त्रीलाई हामी हार्दिक वधाई अनि शुभकामना टक्र्याउँदछौं साथै देशका प्रधानमन्त्रीले यस भ्रमण अवधिमा गोर्खा जातिको दीर्घकालीन समस्याबारे ठोस सन्देश दिनेछन् भन्ने विश्वास गर्दछौं भनी बताएका छन्।
प्रवक्ता अरुण घतानीले भने, ‘बंगालमा वर्षौंदेखि चरम जातिवादी तथा साम्प्रदायिक भेदभावको शिकार तथा राष्ट्रिय पहिचानको संकटमा सयौं वर्षदेखि संघर्षरत् गोर्खा जातिप्रति भारत सरकारले न्याय गर्नु पर्ने समय आएको छ। देशको एकता-अखण्डता र रक्षाको निमित्त देशको सीमामा छात्ती थाप्ने देशभक्त गोर्खा जातिलाई न्याय गर्न विलम्व नगरियोस् भन्ने आह्वान गर्दछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement