खरसाङ ट्राफिक पुलिसको निवेदन

IMG-20250528-WA0225

मानिसहरुलाई ट्राफिक कोणभित्र हिँड्नु पर्ने तर चालकहरुले ट्राफिक कोणभित्र गाडी नरोक्नु पर्ने

खरसाङ: खरसाङ बजारमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक पुलिसले राखेको ट्राफिक कोणभित्रबाट मानिसहरुलाई हिँड्ने निवेदन गरिएको छ भने चालकहरुलाई ट्राफिक कोणभित्र गाडीहरु नरोकिने निर्देशक दिइएको छ। यस विषयमा खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले पत्रकारहरुसित कुराकानी गर्दै ट्राफिक पुलिस कोणको महत्व बुझेर कोणभित्रबाट मानिसहरुलाई हिँड्ने निवेदन गरेका छन्। उनले खरसाङ बजारमा ट्राफिक व्यवस्थापनका लागि सम्पूर्ण मानिसहरुलाई ट्राफिक कोणभित्रबाट हिँड्नु पर्ने तर कोणभित्रपट्टि स्कुटी बाइकहरु रोक्न नपाइने र यदि कोणभित्र पार्किङ गरिएको भेटिएको खण्डमा कार्वाही गरिने पनि बताएका छन्‌। उनले कोणदेखि बाहिरपट्टि हिँड्दा दुर्घटना हुन सक्ने सम्भावना रहने भएको कारणले सावधानीपूर्वक कोणभित्र नै हिँड्ने निवेदन गरिएको छ। उनले बाइक, स्कुटीहरु पार्किङको लागि पहिलाकै स्थल पोष्ट अफिस नजिक, अस्पताल मोड नजिक, गड्डी लाइनको गल्ली, पंखाबारी रोड क्षेत्र, जगदीस मन्दिरको चेप क्षेत्रमा पार्किड गर्न पाइने अनि आपतकालीन अवस्थामा मन्टिभियट रोडको क्याम्ब्रिज स्कूलको मुनितिर स्थानतिर केही समयको लागि पार्किङ गर्न सकिने तर १५-२० मिनटको लागि राख्न सकिने बताएका छन्‌‌। त्यसरी नै हिल कार्ट रोड क्षेत्रमा पनि कोणभित्र केही समयको लागि मात्र रोक्न सकिने अनि वर्ध्दमान रोडमा पनि तोकिएको समयभन्दा बेसी रोक्न पाउँदैन भनी बताएका छन्।‌ खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले वर्द्धमान रोडमा गाडी पार्किङको लागि एकपल्टमा प्रशासनको तर्फबाट तोकिएको गाडीहरु सिटोङ क्षेत्रबाट आएका ५ वटा गाडीहरु, डाउहिलको ३ वटा, कटलेरीको २ वटा, नयाँ बस्तीको २ वटा, चिमनी क्षेत्रको २ वटा, टुरिष्ट गाडी २ वटा र सरकारी गाडी ४ वटा राख्न पाउने भएको छ। प्रशासनबाट तोकिएको गाडीबाहेक कुनै पनि दुई चक्के र वाहनहरु पार्किङ गरिएको पाइएमा कार्वाही गरिने र जरिमाना तिर्नु पर्ने बताएका छन्। ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले हिल कार्ट रोडमा आवश्यक सेवाको गाडीहरु जस्तै ग्यास गाडी, विद्युत विभागको गाडी लगायत अन्य आवश्यक सेवाको गाडीहरु तोकिएको समयभित्र राख्नु पर्ने र तोकिएको समयभन्दा बेसी समयसम्म राख्न नपाइने जानकारी गराएका छन्।‌उनले खरसाङ बजारको हिल कार्ट रोड, पंखाबारी रोड लगायत धोबी खोलादेखि टुरिष्ट लजसम्म कुनै पनि गाडीले अनलोड गर्न परेमा बिहान ८ बजे अघि र बेलुका ७:३० पछिको समयावधिमा गर्न पर्ने नत्र यो समयसीमालाई पालन नगरिएको पाइएमा कानुनी कार्वाही गरिने बताएका छन्‌। छेत्रीले खरसाङ बजारमा ट्रकहरु र हेभी गाडीहरुको लागि नो इन्ट्रीको समय बिहान ७:३० बजीदेखि ९ बजीसम्म र दिउँसो २ बजीदेखि ४ बजीसम्म रहेको जानकारी गराएका छन्। उनले उक्त समयमा खरसाङको रोहिणी जिरो क्षेत्रमा र सन्त मेरिज क्षेत्रमा नो इन्ट्रीको समय गाडीहरु रोकिने बताएका छन्। उनले पर्यटन सिजन र स्कूलहरु लागेको समयमा ट्राफिकलाई सुचारु गर्नलाई बेला बेलामा टुरिष्ट लजदेखि डाइभर्ट पनि गरिने जानकारी गराएका छन्‌‌।खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले आफ्नो सुरक्षाको लागि स्कुटी र बाइक चालकहरुले अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने र पछाडी बस्नेले पनि अनिवार्य हेलमेट लगाउनु पर्ने बताएका छन्‌। यो नियम उनले स्कुटी र बाइक कुदाउनेहरु टाडाकाहरु र लोकलहरु सबैलाई लागु हुने बताउँदै स्कुटी,बाइक साथै गाडी चालकहरु सबैले सही रुपमा कागज पत्रहरु अपडेट राख्नु पर्ने पनि बताएका छन्‌ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले खरसाङ र वरिपरिका स्थानीयहरुलाई निवेदन गर्दै स्थानीयहरुको सहयोगबिना खरसाङ बजारको ट्राफिक व्यवस्था सठीक नहुने र खरसाङ बजारको ट्राफिक व्यवस्था सठीक र सुचारु राख्नलाई स्थानीयहरुको सहयोग चाहिने भएकोले सबैको साथ र सहयोग चाहिने पनि बताएका छन्। उनले खरसाङ बजारमा ट्राफिक व्यवस्थापनका लागि जताभावी पार्किङ नगरिदिने र साधारण जनतालाई ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिने अपिल पनि गरेका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement