खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो अण्डर-१४ बोयज सब-डीविजनल फूटबल टुर्नामेण्टमा बुधवार २ वटा म्याच खेलियो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत गोथल्स मेमोरियल खेल मैदानमा आज भएको पहिलो म्याचमा जेआर ३२ फूटबल एकाडमी ले रोहिणी फूटबल एकाडमी विरुद्ध ३-२ ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा सन्त अल्फन्सस स्कूलले हिल्स फूटबल एकाडमी विरुद्ध ४-० ले जीत हासिल गऱ्यो। विजेता टीमबाट श्रेयस प्रधान ले २ गोल गरे। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा योगेस राई, दावा डोमा भुटिया अनि एड्विन लेप्चा सामेल थिए। सञ्जय थापा अनि अर्बिन्द छेत्री फोर्थ अफिसियल थिए।