पेरिस: सर्बियाका नोवाक जोकोविचले सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको पहिलो राउण्डमा एकतर्फी जीत हासिल गरे अऩि यस टुर्नामेण्टको शुरुवाती राउण्डमा अजेय रहने रेकर्डलाई कायम राखे। छैटौं वरीयता प्राप्त जोकोविचले आफ्नो २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने अभियानको शुरुवात जीतको साथ गरे। तीनपल्टका च्याम्पियन यस दिग्गज खेलाड़ीले अमेरिकाका म्याकेञ्जी म्याकडोनाल्डलाई सीधा सेटमा ६-३, ६-३, ६-३-ले पराजित गरे। हालै टूर स्तरमा १००औं खिताब जितिसकेका जोकोविचले रोलाँ ग्यारोको पहिलो राउण्डमा आफ्नो जीतको रेकर्ड २०-० पुऱ्याए। जोकोविचले फ्रेञ्च ओपनको पहिलो राउण्डमा २०१० पछि कहिले पनि एक सेट गुमाएका छैनन् अनि लगातार जीत हासिल गरेका छन्। यसरी डोपिंगको प्रतिबन्ध पूरा गरेपछि आफ्नो पहिलो ग्राण्ड स्ल्याम खेलिरहेका इटलीका शीर्ष वरीयता प्राप्त यानिक सिनरले टुर्नामेण्टमा असल शुरुवात गरे। उनले पहिलो राउण्डमा फ्रान्सका अर्थर रिडरक्नेशलाई ६-४, ६-३, ७-५-ले पराजित गरे। यो उनको ग्राण्ड स्ल्याममा लगातार १५औं जीत हो। सिनरले यूएस ओपन र अष्ट्रेलियन ओपनको रूपमा गत २ वटा ग्राण्ड स्ल्याम जितिसकेका छन्। ३ महिनाको डोपिंग प्रतिबन्ध पूरा गरेपछि सिनरको यो केवल दोस्रो टुर्नामेण्ट हो। यसअघि उनले इटालियन ओपनमा हिस्सा लिएका थिए, जहाँ फाइनलमा कार्लोस अल्कारेजविरुद्ध पराजित भएका थिए। सिनरले अहिलेसम्म ३ वटा ग्राण्ड स्ल्याम जितेका छन्। फ्रेञ्च ओपनमा उनी गत वर्ष सेमिफाइनलसम्म पुगेका थिए। दोस्रो राउण्डमा उनको भिड़न्त रिचर्ड गास्क्वेटसँग हुनेछ। यसरी गत उपविजेता तथा तेस्रो वरीयता प्राप्त जर्मनीका अलेक्जेण्डर ज्वेरेवले अमेरिकाका लर्नर टिएनलाई ६-३, ६-३, ६-४-ले पराजित गरे। ठूलो उलटफेर रुसका ११औं वरीयता प्राप्त डेनियल मेदवेदेवको रूपमा भयो। उनलाई ईंग्ल्याण्डका क्यामरन नोरीले ७-५, ६-३, ४-६, १-६, ७-५-ले पराजित गरे। म्याच चरम रोमाञ्चक रह्यो अनि एक समय बढ़त हासिल गरे पनि मेदवेदेवले पहिलो दुईवटा सेट गुमाए। त्यसपछि असाधारण पुनरागमन गर्दै अघिल्लो दुईवटा सेट जितेर मेदवेदेवले म्याचलाई निर्णायक सेटसम्म पुऱ्याए। पाँचौं सेटमा चाहिँ रुसका खेलाड़ीले गल्तीहरू गर्दा नोरीले जीत हासिल गरे। यो नोरीको मेदवेदेवविरुद्ध पहिलो जीत हो। बुल्गेरियाका ग्रिगोर दिमित्रोव पनि पहिलो राउण्डमै बाहिर भए। अमेरिकाका एथन क्विनविरुद्ध पहिलो दुईवटा सेट ६-२, ६-३-ले जितेपछि तेस्रो सेट २-६-ले गुमाएपछि दिमित्रोवले खेलबाट हट्ने फसेला गरे। महिला एकल वर्गमा दोस्रो वरीयता प्राप्त अमेरिकी खेलाड़ी कोको गौफले पनि असल शुरुवात गरिन्। उनले अष्ट्रेलियाकी ओलिविया गेडेकीलाई ६-२, ६-२-ले पराजित गरिन्। फ्रेञ्च ओपनको फाइनलमा पुगिसकेकी गौफ कोर्टमा आउँदा उनको ब्यागमा ऱ्याकेट थिएन, जुन उनले चेञ्ज रूममै राखेर भुलेकी थिइन्। यसले गर्दा म्याच केही बेरसम्म रोकियो।