कराची: पाकिस्तान क्रिकेट टीम अहिले आफ्नो धरातलमा रहेको छ। गत केही सालदेखि टीमको अन्तर्राष्ट्रिय स्तरमा दुर्दशा कसैसँग लुकेको छैन। एकपछि अर्को टुर्नामेण्टमा पहिलो राउण्डमै बाहिर भएपछि टीम र म्यानेजमेण्ट स्तरमा धेरै बद्लाउ गरियो तर त्यसले कुनै फाइदा हुन सकेन। प्रशिक्षकदेखि लिएर खेलाड़ीहरूसम्म हटाइयो तर टीमको प्रदर्शनमा सुधार हुन सकेन। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले हालै माइक हेसनलाई सीमित ओभरहरूका प्रारूपको निम्ति टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ, जुन ग्यारी कर्स्टन गएपछि खाली रहेको थियो। अहिले पीसीबी समक्ष नयाँ टेस्ट प्रशिक्षक खोज्ने जिम्मेवारी रहेको छ। यसको निम्ति पाकिस्तानका महान क्रिकेटर वसीम अकरमले एउटा नामको परामर्श दिएका छन्। उनको भनाइअनुसार, यूनुस खान टेस्ट क्रिकेटमा पाकिस्तानको प्रशिक्षक पदमा रहन उपयुक्त छन्।
अकरमले यूनुसमा लामो प्रारूपमा राष्ट्रिय टीमको प्रदर्शनमा सुधार ल्याउने क्षमता रहेको बताएका छन्। पाकिस्तानका पूर्व पेस बलरले एउटा कार्यक्रममा भने, मेरो विचारमा यूनुस असल विकल्प हुनेछन्। मलाई उनी योग्य व्यक्ति लाग्यो तर सबैथोक उनको उपलब्धता र पाकिस्तान क्रिकेट बोर्डको सोचमाथि निर्भर गर्नेछ। उल्लेखनीय छ, यूनुस यसअघि २०२१-मा २ सालको निम्ति पाकिस्तानको ब्याटिंग प्रशिक्षक नियुक्त भएका थिए तर बोर्डका केही अधिकारीहरूसँग मतभेदले गर्दा उनले ६ महिनामै पद छोड़ेका थिए। त्यस समय पेस बलर हसन अलीसँग पनि उनको विवाद भएको थियो। उनी यस सालको शुरुवातमा आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तान टीममा मेण्टरको रूपमा सामेल भएका थिए। पाकिस्तान टेस्ट टीमको प्रशिक्षक पदको निम्ति मिस्बाह-उल-हक, अजहर महमूद र सकलैन मुश्ताकको नाम पनि चर्चामा रहेको छ तर वसीमले असल युवा टीम बनाउन यूनुसको समर्थन गरेका छन्। अकरमले भने, मेरो विचारमा यूनुसले खेलाड़ीहरूका मानसिकता बद्लिन सक्छन् अनि टेस्ट टीममा नयाँपन ल्याउन सक्छन्। अष्ट्रेलियाका जेसन गिलेस्पीले पद छोड़ेपछि पाकिस्तानसँग टेस्ट टीमको निम्ति मुख्य प्रशिक्षक रहेको छैन। गिलेस्पी र कर्स्टनलाई पीसीबी-ले एकसाथ प्रशिक्षक नियुक्त गरेको थियो तर पाकिस्तान बोर्ड र खेलाड़ीहरूसँग मतभेदले गर्दा पहिला कर्स्टन र पछिबाट गिलेस्पीले पद छोड़ेका थिए। त्यसपछि आकिब जावेद लामो समयसम्म अन्तिम प्रशिक्षक रहे। गिलेस्पीले त हालै पीसीबी-ले उनको वेतन अहिलेसम्म नदिएको आरोप लगाएका थिए।