मार्श र पन्तले तोड़े राहुल र डी कक्को ठूलो रेकर्ड

IMG-20250528-WA0158

लखनऊ: लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-को निम्ति मिचेल मार्श र रिषभ पन्तले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-विरुद्ध इण्डियन प्रीमियर लीग (आईपीएल)-को म्याचमा असाधारण प्रदर्शन गर्दै १५२ रनको पार्टनरशीप गरे। यो लखनऊको निम्ति आईपीएलमा कुनै पनि विकेटको निम्ति दोस्रो सबैभन्दा ठूलो पार्टनरशीप हो। सबैभन्दा ठूलो पार्टनरशीपको रेकर्ड केएल राहुल र क्विण्टन डी ककको जोड़ीको नाममा रहेको छ। २०२२-मा नवी मुम्बईमा कलकत्ता नाइट राइडर्स (केकेआर)-विरुद्ध यी दुईजनाले पहिलो विकेटको निम्ति २१० रनको अटूट पार्टनरशीप गरेका थिए। यस ऐतिहासिक पार्टनरशीपमा राहुलले ५१ बलमा ६८ र डी ककले ७० बलमा १४० रन बनाएका थिए। यो आईपीएल इतिहासमा पनि सबैभन्दा ठूलो पार्टनरशीपहरूमा एउटा हो।
यस साल मार्श र पन्तले दोस्रो विकेटको निम्ति १५२ रनको पार्टनरशीप गरे। मार्शले १५६.८३-को स्ट्राईक रेटले ६७ रन बनाए। यसरी पन्तले अविजित शतक बनाए। यस सूचीमा तेस्रो नम्बरमा राहुल र डी ककको जोड़ी नै रहेको छ, जसले साल २०२४-मा चेन्नई सुपर किंग्स (सीएसके)-विरुद्ध लखनऊमा १३४ रनको पार्टनरशीप गरेको थियो। यस साल मार्श र निकोलस पूरनको जोड़ीले पनि गुजरात टाइटन्सविरुद्ध अहमदाबादमा तेस्रो विकेटको निम्ति १२१ रनको पार्टनरशीप गरेको थियो। यतिमात्र नभएर आरसीबी-विरुद्ध दोस्रो विकेटको निम्ति यो सबैभन्दा ठूलो पार्टनरशीप पनि हो। यसअघि साल २०११-मा धर्मशालामा एडम गिलक्रिष्ट र शन मार्शले २०६ रनको पार्टनरशीप गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement