लखनऊविरुद्ध ६ विकेटको जीतको साथ क्वालीफायर १-मा स्थान बनायो आरसीबी-ले

IMG-20250528-WA0005

लखनऊ: आईपीएल २०२५-को ७०औं तथा लीग चरणको अन्तिम म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-विरुद्ध ६ विकेटले जीत हासिल गऱ्यो। यस म्याचको साथै आईपीएलको प्लेअफ् समीकरण तयार भयो। आरसीबी-को बराबर पञ्जाब किंग्ससँग १४ वटा म्याचमा १९ पोइण्ट्स रहे पनि नेट रन रेटको आधारमा पञ्जाब शीर्ष स्थानमा रह्यो। यसरी शीर्ष दुई स्थानमा रहने पञ्जाब किंग्स र आरसीबी-बीच बिहीवार क्वालीफायर १ म्याच खेलिनेछ। त्यस म्याचको विजेताले सीधै ३ जूनमा खेलिने फाइनलमा स्थान बनाउनेछ। यसरी १८ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहने गुजरात टाइटन्स र १६ पोइण्ट्सको साथ चौथो स्थानमा रहने मुम्बई इण्डियन्सबीच शुक्रवार एलिमिनेटर म्याच खेलिनेछ। त्यस म्याचमा हार्ने टीमले टुर्नामेण्टबाट बिदा लिनेछ जबकि एलिमिनेटर म्याचको विजेता टीमले क्वालीफायर २ म्याचमा हिस्सा लिनेछ, जुन शनिवार खेलिनेछ। क्वालीफायर २-मा एलमिनेटर म्याचको विजेता र क्वालीफायर १-मा हार्ने टीमबीच भिड़न्त हुनेछ। त्यस म्याचको विजेताले क्वालीफायर १-को विजेतासँग फाइनलमा सिंग जुझाउनेछ।
एकाना स्टेडियममा मंगलवार टस हारेर पहिला ब्याटिंग गर्दै लखनऊले २० ओभरमा ३ विकेट गुमाएर २२७ रनको विशाल स्कोर बनायो। लामो समयपछि फर्ममा फर्किने कप्तान रिषभ पन्तले अविजित ११८ रन बनाए। उनले ६१ बल खेलेर ११ वटा चौका र ८ वटा छक्का लगाए। यसबाहेक मिचेल मार्शले ६७ रनको योगदान दिए। उनले ५ वटा छक्का र ४ वटा चौका लगाए। जवाफमा आरसीबी-ले १८.४ ओभरमै ४ विकेटमा २३० रन बनाएर म्याच जित्यो। कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रन बनाए। उनले ६ वटा छक्का र ८ वटा चौका लगाए। यसबाहेक विराट कोहलीले १० वटा चौकाको साथ ३० बलमा ५४ रन बनाए। मयंक अग्रवालले अविजित ४१ र फिल सल्टले ३० रनको योगदान दिए। कप्तान जितेशले मयंकसँग चौथो विकेटको निम्ति ४५ बलमा १०७ रनको अटूट म्याच जिताउने पार्टनरशीप गरे। लखनऊका बलरहरूमा विल ओरुर्केले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement