अपरेशन सिन्दूरको खुशीयाली मनाउन आईपीएल फाइनलमा तीनैवटा सेनाका प्रमुखहरू आमन्त्रित

IMG-20250509-WA0188(2)

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले मंगलवार बताएअनुसार, उनीहरूले अहमदाबादमा ३ जूनमा हुने इण्डियन प्रीमियर लीग (आईपीएल)-को फाइनलको निम्ति तीनैवटा सेनाका प्रमुखहरूलाई आमन्त्रित गरेका छन्। टुर्नामेण्टको समापन समारोहको अवधि हालै भएको अपरेशन सिन्दूरमा उनीहरूका वीरतापूर्ण प्रयासहरूलाई सलामी दिइनेछ। बीसीसीआई सचिव देवजीत सैकियाले एउटा मीडिया बयानमा यस्तो जानकारी दिए। सैकियाले भने, हामीले अपरेशन सिन्दूरको सफलताको खुशीयाली मनाउन सबै भारतीय सशस्त्र बलहरूका प्रमुखहरू, शीर्ष अधिकारीहरू र सैनिकहरूलाई अहमदाबादमा हुने फाइनलको निम्ति आमन्त्रित गरेका छौं। बीसीसीआई देशका सशस्त्र बलहरूको वीरता, साहस र निःस्वार्थ सेवालाई सलाम गर्छ। हामी अपरेशन सिन्दूरअन्तर्गत उनीहरूका वीरतापूर्ण प्रयासहरूलाई सराहना गर्छौं, जसले राष्ट्रको रक्षा गर्नको साथै देशवासीलाई प्रेरित गऱ्यो। हामीले समापन समारोहलाई सशस्त्र बलहरूलाई समर्पित गर्नको साथै आफ्ना नायकहरूलाई सम्मानित गर्ने फसेला गरेका छौं। क्रिकेट राष्ट्रको जोश हो तर हाम्रो देश र यसको सम्प्रभुता, अखण्डता र सुरक्षाभन्दा ठूलो अरू केही छैन। उल्लेखनीय छ, जनरल उपेन्द्र द्विवेदी थल सेना प्रमुख हुन् जबकि एडमिरल दिनेश के त्रिपाठी नौसेना प्रमुख हुन्। यसरी एयर चीफ मार्शल अमर प्रीत सिंह वायु सेना प्रमुख हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement