गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठको अवसरमा फ्रेण्डस फर इभर स्पोर्टिङ क्लबको पहलमा आज सोचेग्याङस्थित एसटीएनएम अस्पतालमा रक्तदान शिविर आयोजन गरियो। संस्थाका अध्यक्ष रिञ्जिङ छोडा शेर्पाले रक्तदानको विशेषता र आवश्यकताकाबारेमा औपचारिकरूपमा जानकारी गराए। सोही प्रकारले संस्थाका सल्लाहकार केशर कुमार खतिवडाले रक्तदान शिविरको आयोजनबारे प्रकाश पार्दै मानवीय सेवाका लागि सबैजना रक्तदानका लागि अघि आउनुपर्ने आग्रह गरे।