राज्यका पूर्व राज्यपाल गंगा प्रसाद सिक्किम आइपुगे

IMG-20250527-WA0292

गान्तोक: राज्य स्थापनाको ५०औं वर्षागाँठ समारोहमा अंशग्रहण गर्न राज्यका पूर्व राज्यपाल गंगा प्रसाद आज सिक्किम आइपुगेका छन्। सिक्किम प्रवेश गर्ने क्रममा पूर्व राज्यपाल प्रसादलाई रम्फूको अतिथि गृहमा स्वागत जनाउन राज्य सरकारको अधिकारीहरू उपस्थित थिए। उल्लेखनीय छ, आगामी २९ मईको दिन राजधानीस्थित पाल्जोर स्टेडियममा राज्य स्थापनाको ५०औं वर्षागाँठ समारोहमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी आइरहेका छन्। केन्द्र राज्य सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा स्वर्ण जयन्ती समारोह भव्यरूपमा पालन हुन गरइरहेको छ। उक्त अवसरमा प्रधानमन्त्री मोदी लगायत केन्द्रीय मन्त्रीहरूको पनि उपस्थिति रहने सम्भावना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement