लाभार्थीहरूलाई बाख्रा वितरण

IMG-20250527-WA0291

पाकिम: पाकिम जिल्लाको पशुपालन एवं पशुधन सेवा विभागको पहलमा आज पाकिम जिल्लाअन्तर्गत पाचे फिरफिरेका लाभार्थीहरुलाई बाख्रा वितरण गरियो। कृषि विभागको उक्त कार्यक्रम पाकिम जिल्लामा मात्र नभएर राज्यका छवटा जिल्लामा पनि गरिएको जानकारी विभागले दिएको छ। विभागले पशुपालनलाई आर्थिक विकासको विकल्पको लक्ष्य राखेर अभियान शुरु गरेको हो। यस अवसरमा विभागका अतिरिक्त निर्देशक टाशी छोजाङ भोटियाले राज्यको पाँचवटा जिल्लामा बाख्रा वितरण कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए। उनले थप बताएअनुसार यस अवसरमा तीसवटा बाख्रा वितरण गरियो। जसमा चारवटा खसी र ३६ वटा बाख्रा रहेको छ। उनको भनाइअनुसार वितरण गरिएका बाख्राहरूमा मुख्यतया प्रजनन उद्देश्यका लागि हुन्, जसको उद्देश्य पशुधन उत्पादकत्वलाई विकास र सुधार गर्नु तथा दिगो ग्रामीण जीविकोपार्जनलाई सहयोग गर्नु हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement