नशालु पदार्थविरुद्ध पाकिम जिल्ला नार्को समितिको कठोर निर्देश

IMG-20250527-WA0290

पाकिम: पाकिम जिल्ला नार्को समन्वय समितिको मासिक जिल्लास्तरीय बैठक पाकिममा बस्यो। नशामुक्त भारत अभियान, बालबालिकामा नशालु पदार्थको दुरुपयोग र अवैध ओसारपसार नियन्त्रण सम्बन्धी संयुक्त कार्य योजना तयार गरिएको छ। समितिले आज पाकिम जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सभा डाकेर पाकिम जिल्लालाई नशामुक्त बनाउने दिशामा कटिवद्धता देखाएको छ। अतिरिक्त जिल्लापाल जीएल मिनाको अध्यक्षतामा सम्पन्न भएको सभामा अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाए थिए। सभालाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल मिनाले अघिल्लो बैठकमा पारित गरिएका निर्देशको प्रगतिबारे समीक्षा गर्दै सम्बन्धित विभागहरूलाई दिएको कार्यभार इमान्दारपूर्वक पालन गर्न निर्देश दिए। यस अवसरमा शैक्षिक संस्थाहरू नजिक सुर्तीजन्य पदार्थ, मदिराको बिक्री र वार्डस्तरमा ‘भरोसा’ कार्यन्वयनबारे चर्चा गरियो। यसका साथै, नशालु पदार्थ एवं मनोचिकित्सा ऐन, १९८५ अन्तर्गत सिग्रेट र अन्य सुर्तीजन्य पदार्थहरूको विज्ञापन निषेध र व्यापार तथा उत्पादन, आपूर्ति र वितरण ऐन, २००३ अनि बालबालिका संरक्षण ऐन, २०१५, बारे पनि छलफल गरियो। सभामा विशेष गरेर समितिले जोखिममा रहेका ठाउँहरु पहिचान गर्ने र निवारण उपायहरूलाई सुदृढ पार्ने कुरामा ध्यान केन्द्रित गर्दै जागरूकता, सामुदायिक सुविधा र शैक्षिक संस्थाहरूको संलग्नता मार्फत समन्वित प्रयासहरूको आवश्यकतामाथि पनि छलफल भएको थियो। सभामा उठाइएका प्रश्नहरूको उत्तर दिने क्रममा अतिरिक्त जिल्लापालले नशालु पदार्थको दुरुपयोग र बेचबिखनलाई प्रभावकारीरूपमा ध्यान राख्ने कुरामा सबैको सामुहिक प्रयासमाथि जोड़ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement