खरसाङ: विगत केही दिन अघि सामाजिक सञ्जालमा खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारीको बसेरी गाउँका केही घरहरु जीर्णावस्थामा रहेको देखा परेपछि आज मङ्लबारको दिन खरसाङ पञ्चायत समितिद्वारा अम्बटे बसेरी गाउँमा खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री, पाण्डु ग्राम पञ्चायतको प्रधान, अम्बटे लङ्भ्यु पंखाबारी समष्टीको सभासद कल्पना प्रधान, खरसाङ पञ्चायत समिति सदस्यहरु लगायत भागोप्रमो पार्टीको कार्यकर्ताहरुको टोलीद्वारा परिभ्रमण गरेर सहयोग गरेका छन्।

यसको साथै यस सहयोग अन्तर्गत प्रथममा राम सुब्बाको घर बनाउनको निम्ति आज ३ हण्डल च्यादर, १० किबी काठको बटम अनि ५ केजी काँटी प्रदान गरेका छन्। त्यसपछि अन्य घरहरुलाई पनि क्रमैले सामाग्रीहरु प्रदान गरिने खरसाङ पञ्चायत समितिले आज जीर्णावस्था रहेका घरका मानिसहरुलाई वचन दिएको जानकारी प्राप्त भएको छ।