खरसाङ पञ्चायत समितिको पहलमा मकैबारी चियाबारीमा उन्नत जातिका कुखुराका चल्लाहरू वितरण

IMG-20250527-WA0259

खरसाङ: खरसाङ पञ्चायत समितिको पहलमा मकैबारी पञ्चायत समिति सदस्य शिला लामाको विशेष प्रयासमा मंगलबार मकैबारी चिया बगान अन्तर्गतका विभिन्न गाउँका मानिसहरूलाई प्रणी सम्पदा विभागद्वारा उन्नत जातिका कुखुराका चल्ला वितरण गरियो। यस दिन यहाँ प्रत्येकलाई दशवटा गरेर दुई सयजनालाई दुइ हजारवटा चल्लाहरू वितरण गरिएको छ। यसबारे विभागीय कर्मचारी डा नेहार भौमिक, बीएलडीओ, खरसाङले बताए अनुसार यो पश्चिम बंगाल सरकार अनि जीटीएको एउटा कार्यक्रम हो, जसअन्तर्गत विभिन्न क्षेत्रका मानिसहरूलाई स्थायी पञ्चायत समितिको माध्यमबाट यस प्रकारको उन्नत जातिय कुखुरा, बाख्रा आदि वितरण गरिने गरिन्छ भन्दै प्रत्येक वर्ष नै विभागको एउटा लक्ष्य रहने औ यस वर्ष सत्ताइस सय उपभोक्ताहरूलाई दिने लक्ष्य रहेको बताउँदै आज प्रथम चरणमा मकैबारीमा दुई सयजनालाई दशवटा गरेर उन्नत जातिको चल्ला वितरण गरेको जनाए।

यो चल्ला विशेषगरी अण्डा अनि मासु दुवैको निम्ति प्रयोग गर्न सकिने र यसलाई बाहिर राखेर नै पाल्न सकिने पनि बताए। पञ्चायत समिति सदस्य शिला लामा अनि स्थानीय पञ्चायत सदस्य इन्द्रकुमार लामाले खरसाङ पञ्चायत समितिको माध्यमबाट यसरी प्रत्येक ग्रामीण क्षेत्रमा सरकारबाट पाउनुपर्ने सहुलियत र सुविधाहरू उपलब्ध गराइदिएकोमा पञ्चायत समिति अनि समिति अध्यक्ष अनु प्रधान तथा जीटीए तथा प्राणी सम्पद विकास विभागप्रति कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement