खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारीहरुद्वारा पेन्शन र ग्राजुएटीको मांग गर्दै धरणा प्रदर्शन शुरु

IMG-20250527-WA0256

खरसाङ: खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारीहरुले पेन्शन र ग्राजुएटीको मांग गर्दै आजदेखि खरसाङ नगरपालिका कार्यालय अघि धरणा प्रदर्शन शुरु गरेका छन्। केही दिन अघि खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारीहरुले अवकाशपछि सरकारी सहुलियतहरु नपाएको भन्दै नगरपालिकामा ज्ञापन बुझाएका थिए भने उक्त ज्ञापनपछि पनि कुनै उत्तर नआएपछि खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारी संगठनले‌ विभिन्न आन्दोलनको घोषणा गरेका थिए। त्यही अनुसार हिजो सोमबार खरसाङ नगरपालिका परिसर र खरसाङ बजारमा पोष्टरिङ गरेका थिए भने आजदेखि खरसाङ नगरपालिका कार्यालय अघि धरणा प्रदर्शन शुरु गरेका छन्।

उक्त धरणा प्रदर्शनमा अवकाशप्राप्त कर्मचारीहरुले विभिन्न नाराहरु पनि लगाएका थिए। यस प्रकारको धरणा अब मांग पूरा नभएसम्म लगातार रुपमा भईरहने जानकारी प्राप्त भएको छ। अवकाशप्राप्त कर्मचारीहरुद्वारा अब प्रत्येक एक बिराउँदै लगातार रुपमा धरणा प्रदर्शन र नाराबाची गर्ने भएको जानकारी प्राप्त भएको छ। आजको धरणा प्रदर्शन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ अवकाशप्राप्त कर्मचारी संगठनको संयुक्त सचिव प्रितमकुमार छेत्रीले हाम्रो अवकाशप्राप्त कर्मचारी संगठनको तर्फबाट पूर्व घोषित कार्यक्रम अनुसार नै आज खरसाङ नगरपालिका कार्यालय अघि धरणा प्रदर्शन र नाराबाजी गरिएको जानकारी गराएका छन्‌‌।

उनले हिजो सोमबार खरसाङ नगरपालिका कार्यालय अघि र खरसाङ बजारमा पोष्टरिङ गरिएको र आजदेखि नगरपालिका कार्यालय अघि धरणा प्रदर्शन र नाराबाजी शुरु गरिएको अनि यो मांग पूरा नभएसम्म जारी रहने बताएका छन्। उनले यो धरणा एक दिन बिराएर गरिने भएको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement